arrow

मोरङको ट्रेड युनियन काँग्रेसले काँग्रेसलाई बुझायो ज्ञापनपत्र

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ वैशाख ३ आइतबार
morang-congres.jpg

विराटनगर । नेपाल ट्रेड युनियन काँग्रेस  जिल्ला समिति मोरङले श्रमजिवीहरुको मुद्दाको सम्बोधनको माग गर्दै नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइरालालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति मोरङले स्थानीय निर्वाचनमा श्रमजीवीहरुको पहँुच र प्रतिनिधित्व हुनुपर्ने, प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको न्यूनतम १७ हजार कायम गरिए पनि ९ हजार ७ सय मात्र पाइरहेकाले वृद्धि भएको ज्याला समायोजन गर्नुपर्ने, कृषि, चियाबगान लगायतका क्षेत्रमा तोकिएको न्यूनतम ज्याला लागू पर्ने भन्दै ज्ञापन बुझाएको हो ।

ट्रेड युनियनमा आवद्धहरुले संविधान संशोधनमार्फत राष्ट्रिय श्रम आयोगको गठन, वैधानिक हड्तालको अधिकार, नीति निर्माण र निर्णय प्रक्रियामा १० प्रतिशत श्रमिकको प्रतिनिधित्व हुनुपर्ने, औद्योगिक व्यवसाय सम्बन्धी कानुन संशोधन  तथा एकीकरण गर्न बनेको विद्येयक २०७१ को दफा ४७ को श्रमिक विरोधी उपदफा ६ र ७ को खारेजी माग गरेका छन् ।

कालो बजारी, अभाव र आकाशिदो मूल्य वृद्धि नियन्त्रण गरी श्रमिकहरुलाई सर्वुसुलभ उपभोग्य बस्तुहरु उपलब्ध गराउनु पर्ने, रुग्ण र बन्द भएका उद्योगहरुलाई आवश्यक संरक्षण गर्ने नीति लिनुपर्ने, सामाजिक सुरक्षा विधेयक पारित गरी योगदानमा आधारित सुरक्षा योजना संचालन गर्नुपर्ने, रोजगारी सिर्जना गर्न र आर्थिक विकासमा श्रमिकको सहभागिता  वृद्धिको अख्तियारी गर्नुपर्ने, सुमधुर औधोगिक श्रमसम्बन्ध कायम गर्नुपर्ने भन्दै ज्ञापनपत्रमा उल्लेख छ ।

यस्तै, केन्दीय सदस्य डिला संग्रौला, क्षेत्रीय सभापति तथा सांसदहरुलाई बोधार्थ दिइएको छ । नेपाल ट्रेड युनियन काँग्रेस मोरङका अध्यक्ष सुशील  कोइरालाले ज्ञापनपत्र बुझाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ