arrow

पहिलो पटक वैदेशिक भुमीबाट नेपाली चलचित्र प्रदर्शन हुने 

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
meri-kusum.jpg

युएई। आगामी मे ५ तारिकबाट नेपाली कथानक चलचित्र मेरि कुसुम युएईका नौ हल बाटमा एकै पटक प्रदर्शन हुने भएको छ। शुक्रबार एक पत्रकार सम्मेलन गरि प्रदर्शन बारे सम्पुर्ण तयारी सकिएको  जानकारी दिईयो। युएईमा करिब नौ बर्ष बिताएर नबनायक मोहन बोगटी र फिल्म प्रदर्शनको जिम्मा पाएको कन्सेप्ट भिजनको सयुक्त आयोजना भएको पत्रकार भेटघाटमा उक्त जानकारी दिईएको हो।

नवनायक मोहन बोगटि र नायिका हर्षिका श्रेष्ठद्धारा अभिनित चलचित्र ‘मेरी कुसुम´ सम्बभत प्रदेशी भुमीबाट प्रदर्शनमा आउन लागेको पहिलो नेपाली चलचित्र हो। नेपाल बाहिरबाट पहिलोपटक रिलिज गर्न लागीएको चलचित्र मेरी कुसुम मार्च ५ गते देखि नेपाल बाहिर विश्वका १५ ओटा देशमा युएईमा मात्र ९ ओटा हलहरुमा  एकसाथ रिलिज गर्ने नबनायक मोहन बोगटीले बँताए।

नेपाल बाहिरबाट पहिलोपटक रिलिज गर्न लागिएको यो चलचित्रलाई नेपाली दर्शकहरुले भने  जेष्ठ १५ गतेबाट नेपालभरिका हलहरुमा एकसाथ हेर्न पाउने छन्।

दर्शकले निकै प्रतिक्षा गरीरहेको चलचित्र मेरी कुसुममा नायक मोहन बोगटी बोल्ड भूमिकामा रहेका छन् पछिल्लो समयका उदयमान नायक बोगटीको एक्सन र प्रेमिल भूमिकाले चलचित्रलाई अहिले सम्मकै पृथक बनाउन सफल भएको निर्देशक एन आर घिमिरेले बताए।

चलचित्रमा नायिकाद्वय हर्षिका श्रेष्ठ र सुदिप्ता अधिकारीको भूमिका रहेको छ। खलनायकको भूमिकामा भने राज कुमार थापा र प्रोडक्सन डिजाइनर दिलिप पन्त त्यस्तै नृत्य निर्देशन कबिराज गहतराज र बाबु थापाले गरेका छन् क्यामरामा दिब्य सुबेदी छन् भने संगीत टंक बुढाथोकीले गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ