arrow

‘नयाँ शक्तिसहितका ६८ दललाई दलीय चुनाव चिन्ह दिन सकिँदैन’

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
aayodhi-prasad-yadav.jpg

काठमाडौं। निर्वाचन आयोगले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसहित आन्दोलनमा रहेका ६८ दलीलाई दलीय चुनाव चिह्न दिन सकिने बताएको छ। प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादवले संविधान र कानुनी व्यवस्था अनुसार संसदमा नरहेका कुनै पनि दललाई दलीय चुनाव दिन नमिल्ने व्यवस्था रहेकाले कानुन विपरीत जान नसकिने बताएका हुन्।

व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको आईतबार बसेको बैठकमा प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे जानकारी गराउँदै निर्वाचन ऐनले संसदमा नरहेका दललाई दलीय चुनाव चिह्न नदिने व्यवस्था गरेकाले त्यसमा आयोगले पुनर्विचार गर्न नमिल्ने जवाफ दिए। बाबुरामभट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको अगुवाईमा ६८ दल गठबन्धन गरेर दलीय चुनाव चिह्न माग गर्दै संघर्षमा उत्रिएका छन्।

उनीहरुले दलीय चुनाव चिह्नको माग गर्दै काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा रिलेअनसन समेत जारी राखेका छन्। निर्वाचन आयोगले मतदाता परिचय पत्रको वितरण सम्बन्धित मतदान केन्द्रबाटै गर्ने योजना समेत बताएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए।

वैशाख २७, २८ र २९ गते सम्बन्धित मतदान केन्द्रबाटै मतदाता परिचय पत्र वितरण गर्ने कार्यक्रम तय गरिएको यादवको भनाई छ। सबै मतदाताको हातहातमा परिचय पत्र वितरण गर्न आयोगले चुस्त व्यवस्था मिलाएको पनि यादवले बताए।

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक ६४ वटा सामग्री तयार गरेको र त्यसलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने कामलाई पनि सुरु गरिएको जानकारी दिइएको छ। यस्तै, आइतबारबाट सबै जिल्लामा निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ