arrow

स्वास्थ्य मन्त्री थापाको घोषणा कार्यान्वयन, निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
gagan-sign-padbhar.jpeg

काठमाडौं। सरकारले घोषणा गरेको निःशुल्क मृगौला प्रत्यारोपण सेवा आइतबार देखि कार्यान्वयनमा आएको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले बैशाख १ गते देखि निःशुल्क मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने घोषणा गरे बमोजिम भक्तपुरमा रहेको मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा आइतबार दुई जनाको निःशुल्क मृगौला प्रत्यारोपण गरिएको छ ।
 
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले पोखराका ३० बर्षिय दिपक गुरुङ र काठमाडौ नाङेभारेकी २६ बर्षिय लक्ष्मी ढकाललाई निःशुल्क मृगौला प्रत्यारोपण गरिएको जानकारी दिए । दुवै जनालाई उनीहरुकै आमाको मृगौला प्रत्यारोपण गरिएको हो । केन्द्रमा अव लगातार निःशुल्क मृगौला प्रत्यारोपण हुने कार्यकारी निर्देशन श्रेष्ठले बताए ।
 
मानवअंग प्रत्यारोपण केन्द्र बाहेक अहिले बिर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि निःशुलक मृगौला प्रत्यारोपण सेवा सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फागुन १७ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार स्वास्थ्य कर कोषको रकमलाई निःशुल्क प्रत्यारोपण सेवाका लागि छुट्याइएको छ ।
 
अहिले सरदर सात लाख रुपैया लाग्ने गरेको प्रत्यारोपण सेवा निःशुल्क भएको हो । निःशुल्क प्रत्यारोपणको सेवा लिनेलाई मृगौलाको क्रश म्याचिङको लागि थप ५० हजार रुपैया सम्म दिने व्यवस्था गरिएको छ । 

त्यसैगरी प्रत्यारोपणपछि एक बर्ष सम्म औषधी र उपचारका लागि थप एक लाख रुपैया पनि दिने कानुनी व्यवस्था गरिएको स्वास्थ्य मन्त्री थापाका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए।
 
प्रत्यारोपणका लागि स्वास्थ्य मन्त्रालयले चैत २५ गते निःशुल्क मृगौला प्रत्यारोपण संबन्धी निर्देशिका २०७३ पनि जारी गरेको उनले बताए। निर्देशिकामा प्रत्यारोपणको सेवा लिने प्रक्रिया र मापदण्डहरु स्पष्ट पारिएको सल्लाहकार कटुवालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ