arrow

मैना सुनुवार हत्याकाण्डः महासेनानी र सहसेनानीलाई जन्मकैद

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
maina-sunuwar.jpg

काभ्रे । सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ वर्षीया किशोरी मैना सुनुवारको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला भएको छ। 

आओवादीको आरोपमा पाँचखालमा रहेको विरेन्द्र शान्ति तालिम केन्द्रमा खरेलथोक घर भएकी मैना सुनुवारलाई २०६० फागुन ५ गते बिहानै घरबाट क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखी १५ जना सेनाको टोलीले पक्राउ गरी ल्याएको थियो ।

जिल्ला अदालत काभ्रेका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले घटनामा संलग्न रहेका वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालिन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुने फैसला गरेको छ । (नेपाल समाचार पत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ