arrow

टर्कीमा राष्ट्रपति अर्दोगानले जिते, १२ वर्षसम्म राष्ट्रपति रहने

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
turkey-win.jpg

टर्की । टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले जनमत संग्रहमा बहुमत हासिल गर्दै शक्ति जति आफ्नो पक्षमा खिचेका छन् । 

संसदीय व्यवस्था विस्थापन गरी कार्यकारी राष्ट्रपति प्रणालीका पक्षमा गरिएको जनमत संग्रहमा अर्दोगानले स्पष्ट बहुमत पाएका हुन् ।

राष्ट्रपति शासनको पक्षमा ५१.३७ र विपक्षमा ४८.६३ प्रतिशत मत खसेको हो । निकै प्रतिस्पर्धाबीच अर्दोगानले जिते पनि अब उनले १२ वर्षसम्म राज गर्ने देखिएको छ । 

उनी सन् २०२९ सम्म राष्ट्रपति रहिरहन सक्ने बताइएको छ । 

दुई विपक्षी पार्टीहरुले निरंकुशता स्थापित गर्ने यो चालबाजीको अन्त्य हुनुपर्ने माग गर्दै मतगणना फेरि गर्न माग गरेका छन् ।

विपक्षी पार्टी द रिपब्लिकन पिपुल्स पार्टीले ६० प्रतिशत मत पुनर्गणना गर्नुपर्ने माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ