arrow

उठ हे उठ नेपाली, काँग्रेसलाई जिताउन लाग नेपाली (गीती भिडियो)

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
congress-geet.JPG

पोखरामा भएको प्रदेश नम्बर ४ को काँग्रेसको चुनावी सभामा प्रस्तुत गरिएको गीतलाई नै समेटेर भिडियो तयार गरिएको हो । पोखराको कार्यक्रमका विभिन्न पाटोहरुलाई समेटेर तयार गरिएको भिडियोमा देशका विभिन्न भेग, भाषा, संस्कृती, जात जातीले नेपाली काँग्रेसको पक्षमा  देखाएको भरोसाको बारेमा बयान गरिएको छ । 

‘उठ हे उठ नेपाली, जाग हे जाग नेपाली, काँग्रेसलाई जिताउन लाग नेपाली’ भन्दै यो चुनावी गीत तयार गरिएको हो । स्थानिय तहको चुनावलाई लक्षित गरि तयार पारिएको गीतको भिडियो करिव ९ मिनेटको रहेको छ । 

गीतमा काँग्रेसका केन्द्रीय तहका नेताहरु मच्चीमच्ची नाचेको देखाइएको छ । नेपाली काँग्रेसका विभसन्न तहका नेताहरुलाई म्युजिक भिडियोमा समेटिएको छ । यो गीतले काँग्रेसले चुनावमा नजिते देश बिग्रने बताइएको छ ।  

चोलेन्द्र पौडेलको शब्द तथा लयमा रहेको यो गीतमा चोलेन्द्रसंगै जुना श्रीष मगर, रामजी पौडेल, चन्द्र कार्की, कृष्ण सुवेदी, ज्योती लोहनी, अमर धितालको स्वर रहेको छ । भिडियो आचार्य डिजिटल पोखराले उत्पादन गरेको हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ