arrow

भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
earthquake-321.jpg.jpeg

रत्ननगर। चितवन जिल्लाका साविक तीन गाविसमा भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु गरिएको छ। चितवनको साविक गाविस सिद्धी, दारेचोक र लोथरका एक हजार ८४९ जना भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु भएको जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए।

उनका अनुसार सिद्धीमा २९४, लोथरमा ४४० र दारेचोकमा एक हजार ११५ जना भूकम्पपीडितलाई पहिलो चरणको अनुदान रकमका लागि सम्झौता थालिएको हो। सम्झौतालगत्तै भूकम्पपीडितले बैंक खाता खोलेपछि अनुदान रकम दिइने छ । 

उनीहरुका लागि अनुदान दिन जिल्लामा पुनःनिर्माण प्राधिकरणमार्फत रु नौ करोड ३० लाख रकम आइपुगेको जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ। जिल्लामा कुल करिब १५ हजार भूकम्पपीडितको नाम आएको छ । 

त्यसमध्ये तीनठाउँको नामावली प्राधिकरणबाट आएकाले अनुदान सम्झौता सुरु भएको र अरु क्षेत्रका भूकम्पपीडितको नामावली आइसकेको छैन। माघ पहिलो साताबाट यहाँ पीडितको लगत सङ्कलन थालिएको थियो । 

चितवन जिल्लामा १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका थिए। 

तर यहाँ तथ्याङ्क विभागले घरघरै पुगेर विवरण सङ्कलन गरेको थियो। 

फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा खटिएका थिए।

उनीहरुमार्फत १५ हजारको मात्रै नामावली सङ्कलन भएको छ । नाम छुटेको भनेर जिल्लामा सयौँको निवेदन परेको छ । 

जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले कुनै नाम छुटेका भएपछि निवेदन दिन सकिने जानकारी दिए । उनले धेरैको नाम दोहोरिएको पाइएको जानकारी दिए । 

पुनःनिमाण प्राधिकरणले अन्तिम सूची निकालेपछि सूचीमा नाम परेकाले सरकारको रु तीन लाख राहत प्याकेज पाउँछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ