arrow

डिपीएल क्रिकेट: धनगढीलाई दोस्रो चरण प्रवेशकालागि १४.३ ओभरमा ९२ रनको लक्ष्य

ललितको फिगर– ४ ओभर, २ मेडन, ५ रन, ४ विकेट

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
DPL_Cricket_Rupan_Dhan.jpg

धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग डिपीएल टी–२० क्रिकेटको लिग चरणको अन्तिम खेलमा अहिले रुपन्देही च्यालेन्जर्सले धनगढी चौराहालाई ९२ रनको लक्ष्य दिएको छ। 

धनगढीले १४.३ ओभरमा उक्त लक्ष्य प्राप्त गरेमा क्वालिफायर्स चरनमा प्रवेश गर्नेछ । रुपन्देही समुहमा पहिलो हुँदै यस अघि नै दोस्रो चरण प्रवेश गरिसकेको छ। 

रुपन्देहीका प्रकाश केसीले ४९ रन बनाएका छन्। उनले आरिफ शेखको अन्तिम ओभरमा २५ रन बनाएका थिए। धनगढीका ललित राजबंशीले ४ विेकट लिएका थिए। कसिलो बलिङ गरेको धनगढीकालागि आरिफ शेखको अन्तिम ओभर महंगो भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ