arrow

काँग्रेसमा टिकट वितरणमा क कस्को चल्छ हस्ताक्षर(जिल्लागत विवरण सहित)

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
congress-123.jpg.jpeg

काठमाडौ । यही वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू छान्ने काम सुरु भएको छ । नेपाली कांग्रेसले क्षेत्रीय समिति र जिल्ला समितिलाई टिकट वितरणको अधिकार दिएपनि संविधान र निर्वाचन कानुनले जिल्लाको संरचनालाई नचिन्ने भएका कारण जिल्ला सभापतिलाई उम्मेदवारहरूको टिकटमा हस्ताक्षर गर्ने अधिकार नपाउने भएका छन् ।

जिल्ला सभापतिहरुले टिकट वितरणमा हस्ताक्षर गर्न नपाउने भएपछि नेपाली काँग्रेसले आफ्ना केन्द्रीय सदस्यहरूलाई पदाधिकारी सरहको अधिकार दिई टिकट वितरणमा खटाउने भएको छ । यसका लागि काँग्रेसले आफ्ना नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकेको छ । यसका लागि काँग्रेसका नेताहरु जिल्ला जिल्लामा खटिनन थालेका छन् ।

निर्वाचन आयोगमा काँग्रेसले बुझाएको विवरण अनुसार ताप्लेजुङमा डा. डिला संग्रौला, पाँचथरमा सुजाता परियार, इलाममा डा.मिनेन्द्र रिजाल, झापामा ज्ञानेन्द्रबहादुर कार्की, संखुवासभामा सीता गुरुङ, तेह्रथुममा सरिता प्रसाई, भोजपुरमा विश्वप्रकाश शर्मा, धनकुटामा भीष्मराज आङदम्बे, मोरङमा कृष्णप्रसाद सिटौला, सुनसरीमा महेश आचार्य, सोलुखुम्बुमा केशवकुमार बुढाथोकी, खोटाङमा बलबहादुर केसी, ओखलढुंगामा गुरुराज घिमिरे, उदयपुमार आनन्द ढुंगाना, सप्तरीमा डा.शेखर कोइराला, सिराहामा महेन्द्र यादव, दोलखामा किरण यादव, रामेछापमा उमाकान्त चौधरी, सिन्धुलीमा रामकृष्ण यादव, धनुषामा चित्रलेखा यादव, महोत्तरीमा सीतादेवी यादव, सर्लाहीमा विमलेन्द्र निधि, रसुवामा डा.प्रकाशशरण महत, धादिङमा डा. रामशरण महत र नुवाकोटमा प्रकाशमान सिंहले हस्ताक्षर गर्नेछन् ।

यसैगरी, काठमाडौंमा डा. शशांक कोइराला, भक्तपुरमा सुजाता कोइराला, ललितपुरमा अम्बिका बस्नेत, काभ्रेमा मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोकमा अर्जुननरसिंह केसी, मकवानपुरमा अजयकुमार चौरसिया, रौतहटमा फरमुल्लाह मन्सुर, बारामा रमेश रिजाल, पर्सामा महालक्ष्मी उपाध्याय डिना, चितवनमा डा.प्रकाशशरण महत तोकिएका छन्। 

त्यसैगरि गोरखामा मानबहादुर विश्वकर्मा, मनाङमा जीवनबहादुर परियार, लमजुङमा शंकर भण्डारी, कास्कीमा रामचन्द्र पौडेल, तनहुँमा कमला पन्त, स्याङ्जामा चीनकाजी श्रेष्ठ, गुल्मीमा पुष्पा भुसाल, पाल्पामा देवेन्द्रराज कँडेल, अर्घाखाँचीमा डा.नारायण खड्का, नवलपरासीमा सुरेन्द्र पाण्डे, रूपन्देहीमा गोपालमान श्रेष्ठ, कपिलवस्तुमा बालकृष्ण खाँण, मुस्ताङमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा रत्न शेरचन, बाग्लुङमा गोविन्द भट्टराई, पर्वतमा प्रदीप पौडेल, रुकुम र रोल्पामा हृदयराम थानी, प्युठानमा पार्वती डीसी चौधरी, सल्यानमा र जाजरकोट दीपक गिरी, दाङमा ईश्वरी न्यौपाने तोकिएका छन् । 

यसैगरि डोल्पा र मुगुमा जीवनबहादुर शाही, जुम्लामा लक्ष्मी परियार, कालीकोटमा गगनकुमार थापा, हुम्लामा बहादुरसिंङ लामा, दैलेखमा नवीन्द्रराज जोशी, सुर्खेतमा मिन विश्वकर्मा, बाँकेमा किशोरसिंह राठोर, बर्दियामा पूर्णबहादुर खड्का, बाजुरामा दिलेन्द्रप्रसाद बडू, अछाम र बझाङमा वीरबहादुर बलायर, कैलाली र बैतडीमा एनपी साउद, डडेल्धुरा रमेश लेखक, दार्चुलामा बद्री पाण्डे र कञ्चनपुरमा श्याम घिमिरेले उम्मेदवारहरूको टिकटमा हस्ताक्षर गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ