arrow

लहानमा काँग्रेस एमालेबाट उम्मेदवारको चर्चा, मधेशी दलमा भने ‘मौन अवधि’को झल्को

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
lahan_municipality_map.png

लहान । स्थानीय निर्वाचन बहिस्कार गर्ने घोषणा गरेर आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरिसकेको मधेशी मोर्चा स्थानीय तहको निर्वाचन आउँदै गर्दा प्रचारप्रसारमा भने व्यस्त हुन थालेका छन् । सिराहा जिल्लाको मुख्य बजार लाहान नगरपालिकामा बढी पकड रहेका मधेश केन्द्रीत दलहरु अहिले तीब्र रुपमा प्रचारप्रसारमा लागिरहेका छन् । 

 

पूर्व पश्चिम राजमार्गबाट दक्षिण तर्फ ५ किलोमिटर जतिको दूरीसम्म ओगटेको लाहान नगरपालिका क्षेत्र भित्रका काँग्रेस तथा एमालेको नेताहरुसँगको भेटमा उनीहरु लाहान नगरपालिकामा तोकिएकै मितिमा निर्वाचन गर्नको लागि त्यति साह्रो सुरक्षा चुनौती नहुने बताएका छन् । 

 

अहिले नेपाली काँग्रेसले जितेको सो क्षेत्रमा मधेशमा एमालेको पकड राम्रो छ भन्ने देखाउनेकै लागि पनि आफूहरुलाई जसरी पनि जित्नै पर्ने दबाब रहेको बताएका छन् । यसको सम्भावना पनि पछिल्लो समय बढ्दै गएको एमाले नेताहरुले बताएका छन् । 

 

अहिले लहान नगरपालिकामा काँग्रेसबाट सुनिल महतो, महेश चौधरी, अछमिच लाल चौधरी र राम सुन्दर शाहको नाम नगरपालिकाको मेयरमा चर्चामा छ । उनीहरु सबै त्यहाँको स्थानीय स्तरमा चर्चित रहकोले जसले टिकट पाएपनि काँग्रेसको सम्भावनाहरु बढी देखिएको छ । 

 

त्यस्तै, एमालेबाट मुनि साह, राजेन्द्र चौधरी र गंगा प्रसाद यादवको नाम चर्चामा छ । यस मध्ये पनि मुनि साहले टिकट पाउने सम्भावना लगभग पक्कापक्की भईसकेको एमाले नेताहरुले बताएका छन् । 

 

मधेशी दलका नेताहरु भने मौन अवधिको झल्को दिने गरी भित्रभित्रै चुनावी प्रचारमा लागिरहेका छन् । तर, निर्वाचनमा कसको उम्मेदवारी दिने सम्भावना छ ? भन्दा निर्वाचन बहिस्कार गर्ने निर्णय भएकोले यो उठ्छ भनेर भन्नै नसकिने बताउँछन् । निर्वाचन भएको खण्डमा कसको सम्भावना रहको छ भन्दा त्यो त्यतिबेला नै थाहा हुने मधेश केन्द्रीत दलका नेताहरु बताउँछन् । 

 

समग्रमा हेर्दा २ नं प्रदेश पनि चुनावी माहोलमा डुबीसकेको छ । विशेषगरी राजमार्गको उत्तरी भेगमा मोर्चामा आवद्ध दलको खासै धेरै प्रभाव नरहेकोले चुनावी माहोल ह्वात्तै चुलिएको छ । दक्षिणी भेगमा भने मोर्चाको अवरोधले केही असर परेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ