arrow

राष्ट्रपति भारत जाँदा सार्वजनिक बिदा दिएको भन्दै बिरोधमा उत्रिए बिद्यार्थी

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
Tu-Student-birodh.png

काठमाडौं ।  नेपाल सरकारले राष्ट्रपति भारत जाँदा सार्वजनिक बिदा दिएको भन्दै त्रिभुवन विश्व विद्यालयका बिद्यार्थी  बिरोधमा उत्रिएका छन् ।  आइतबार बसेको मन्त्रीमण्डलले राष्ट्रपतिको बिदेश भ्रमणमा दुई दिन सार्वजनिक बिदा  दिने निर्णय गरेको थियो ।  त्रिभुवन विश्व विद्यालय अंग्रेजी केन्द्रिय बिभाग मानबिकी चौथौ सेमेष्टरका  बिद्यार्थीले राष्ट्रपतिको बिदेश भ्रमणमा दिएको बिदा अनावश्यकका साथै  जनता र स्वयम् राष्ट्रपतिकै इच्छा बिपरित भएको बताएको छ ।

 सोमबार विज्ञाप्ति जारी गर्दै  बिद्यार्थीले देश स्थानिय निकायको चुनाव जस्तो संबेदनशील तथा महत्वपूर्ण मार्गमा निर्देशित भएको अवस्थामा देशका सार्वजनिक कार्यालयहरु चुस्त दुरुस्त राखिनु पर्नेमा उल्टै जिम्मेवार निकायबाट नै बिदाको घोषण गरिनु आपक्तिजनक रहेको जनाएको छ । 

साथै  कार्यक्रम संयोजक नबराज कलौनीले विज्ञाप्तीमा   बिभिन्न शीर्षकहरुको नाममा यसरी पटक पटक दिइने बिदाहरुले राष्ट्रको प्रतिष्ठा बढाउनुको सट्टा बरु उल्टै बिकास निर्माणका कार्यहरु तथा समग्र राष्ट्र प्रणलीमा नै प्रतिकुल प्रभाव पर्न जाने र सरकारबाट गरिने यस्ता आफु अनुकुल निर्णयहरुले जनताको भावना नसमेट्ने,  गलत प्रणालीलाई प्रसय मात्र दिने  जनाउदै जनताको सार्वजनिक मुद्वामा सरोकारको मौनतालाई तोड्दै त्रिभुवन विश्व बिद्यालयका सचेत बिद्यार्थी एबं नागरिकहरुको सक्रियतामा सरकारको उक्त निर्णयको बिरोध गर्दै ध्यानाकर्षण गराइएको जारी विज्ञाप्तीमा भनिएको छ ।

 नेपाल सरकारले दिएको दुई दिने सार्वजनिक बिदाको चौतर्फी  बिरोध भएपछि  शुक्रबार दिइने भनिएको बिदालाई कटौती गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ