arrow

चर्चामा शाहरूख - अनुष्काको जोडी 

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
Saharukh-anuska.jpg

एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा किग खान शाहरूखसँग पुन: चलचित्रमा देखिने भएकी छन्।  बलिउड निर्देशक आनन्द एल राय, शाहरूख खानलाई लिएर चलचित्र बनाउदै छन्। सो चलचित्रमा दुई अभिनेत्री र एक अभिनेता रहनेछन्। चलचित्रको लागि  कैट्रिना कैफको नाम पहिले नै तय भइसकेको छ। 

चलचित्रको लागि दीपिका पादुकोणलाई सुरुमा चयन गरिएको थियो। दीपिका चलचित्रबाट बाहिरिएसँगै दोस्रो मुख्य अभिनेत्रीको लागि अनुष्का शर्मालाई रोजिएको छ। दीपिकाले शाहरुख र आनंदलाई भेटेरै अनुष्काको नाम राख्न आग्रह गरेकि हुन्। दीपिकाले नै अनुष्कालाई चलचित्रको कथा सुनाउने पनि बताइएको छ। 

चलचित्रको पटकथा दुई हप्ता भित्र दिइसक्ने तथा पटकथा सुनेपछि अनुष्काले चलचित्रमा अभिनय गर्ने वा नगर्ने निर्णय गर्ने भारतिय सञ्चार माध्यमले बताएका छन्। दीपिका पछि निर्देशक आनंदको रोजाइ पनि अनुष्का रहेकी छन्। शाहरुख र अनुष्काले चलचित्र ‘रब ने बना दी जोड़ी’ र ‘जब तक हे जान’ मा अभिनय गरिसकेका छन्।  साथै इम्तियाज अलीको द रिग (वर्किंग टाइटल) को सुटिङ गरिरहेका छन्।  आनंदको चलचित्रमा अनुष्का अभिनय गरे यो उनको शाहरुखसँगको चौथो चलित्र हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ