arrow

बाबुरामको नयाँ शक्ति फुटाएका निर्मल भट्टराईको पुरानै घर फिर्ती, समूह नै एमालेमा विलय गराउँदै

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
nirmal_bhattarai.jpg

काठमाडौं। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट बाहिरिएर अर्को नयाँ शक्ति गठन गरेका निर्मल भट्टराई समूहसहित एमालेमा प्रवेश गर्दै छन्। मंगलबार एकता कार्यक्रम रहेको संयोजक रहेका भट्टराईले हाम्राकुरालाई जानकारी दिए । उनले भने, ‘एमालेमा जाने पक्का हो। पदीय हिसाव मिलान भइरहेको छ। छलफल जारी छ।’ मंगलबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा विधिवत प्रवेश कार्यक्रम छ।

भट्टराईले आफुसँग अहिले ९२ जनाको समूह रहेको र जिल्लाका सदस्यहरु जिल्लामै सहमाहित हुने बताएका छन् । तपाईको एकता कि विलय, वा पुरानै घरफिर्ती ? जवाफमा उनले भने, ‘पार्टी एकता भन्ने हो भने हामी पार्टी भइसकेका थिएनौँ । एउटा समूहमा थियौँ । तर, एमालेले योग्यता क्षमता हेरेर पार्टीमा सहमायोजन गर्ने भनेको छ ।’ सोही अनुसार कुरा अघि बढेको छ । बाबुरामबाट फुटेपछि भट्टराईहरुले बाबुरामको नयाँ शक्तिले पार्टीको विचार विर्सेको भन्दै आफुहरुले त्यसको विचार बोक्ने बताएका थिए । यद्यपि, बाहिरिएको एक महिना नपुग्दै भट्टराई सहित केही नेता पुरानै घर फिर्ती हुँदै छन् । पुरानो माओवादी छोडेर नयाँ शक्तिमा गएकाहरु पनि एमालेमा विलय हुने भएका छन् ।

नयाँ शक्तिले कारबाही गरेपछि गएको तैत १६ गते मात्रै उनीहरुले भेला गरेर लोकतान्त्रिक समाजवादी नयाँ शक्ति भनेर घोषणा गरेका थिए । भट्टराई पहिले झलनाथ खनालको स्वकीय सचिव थिए । पछि उनी माओवादी प्रवेश गरे । बाबुराम भट्टराई बाहिरिएसँगै भट्टराई नयाँ शक्तिमा गए । यस्तै, पहिले एमालेबाट सांसद भएका मोहन बम समेत माओवादी नयाँ शक्ति हुँदै पुरानै घर फिर्ती भएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबाट बाहिरिदाँ उनले भनेका थिए, ‘हामीले नयाँ शक्ति पहिले नै त्यागिसकेका थियौँ । हामीले नयाँ पार्टी घोषणा गर्न लागेको थाहा पाएपछि नाटक गरेर निकालेको घोषणा गरिएको हो ।’ नयाँ शक्तिमा व्यवहार राम्रो रहेन । पार्टीको चरित्र के भन्ने पनि बुझिएन । एकल पार्टी जस्तो देखियो ।’

याे पनि पढ्नुस्

बाबुरामको नयाँ शक्ति फुट्यो, ‘लोकतान्त्रिक समाजवादी नयाँ शक्ति’ घोषणा हुँदै



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ