arrow

महालक्ष्मी नगरपालिकामा काँग्रेसका दुई दर्जन आकाँक्षी !

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
congress.jpeg

ललितपुर । महालक्ष्मी नगरपालिकाको मेयरको लागि अहिलेसम्म प्रमुख तीन पार्टीका २१ जनाले दाबी गरेका छन् । लामाटार, लुभु, सिद्दिपुर, टिकाथली र ईमाडोल गा.वि.स.लाई मिलाएर बनाईएको यस नगरपालिकामा कसको पल्ला भारी हुने हो अनेक अड्कल लगाइएको छ ।

२०४९ र २०५४ सालको स्थानीय तहको निर्वाचनको नतिजाको आधारमा ने.क.पा. एमालेको गढ मानिने यो नगरपालिका रहेको क्षेत्रमा २०७० सालको संसदीय निर्वाचनमा नेपाली काँग्रेसका चन्द्र महर्जनले विजय हाँसिल गरे पश्चात काँग्रेसी माहोल पनि राम्रो रहेको विश्लेषण गर्न थालिएको छ ।

एमालेले संविधानसभा निर्वाचनलाई छाडेर यस अघिको बर्चश्व कायम गर्ने गरी मेहनत गरिरहेको एमालेका नेता माधव पौडेलले बताए । एमालेको तर्फबाट ५ जनाले दाबी गरेका छन् जसमा किशोर के.सी., रामेश्वर श्रेष्ठ, हरिगोबिन्द श्रेष्ठ, सूर्य बहादुर थापा र शैलेन्द्र रावत मेयरका दावेदार हुन् ।

त्यस्तै, काँग्रेसका तर्फबाट मेयर पदका लागि सर्वाधिक १४ जनाले दाबी गरेका छन् । उनीहरुमा पवन विक्रम थापा, रविन्द्र महर्जन, हिरा पौडेल, महेन्द्र देव सिंह, दिवाकर नेपाल, सुरेन्द्रलाल श्रेष्ठ, महेश खड्का, गणेश सिल्वाल लगायत छन् ।

उम्मेदवार मध्ये पवन विक्रम थापा महाधिवेशन प्रतिनिधि तथा तरुण दल ललितपुरका पूर्व अध्यक्ष हुन । थापा कार्यकर्ता माझ सोझा सरल, एवं निश्कलंक भएकोले नगरमा राम्रै प्रभाव भएका नेता मानिन्छन् । महेश खड्का ललितपुर–२ का क्षेत्रीय सभापति हुन भने गणेश सिलवाल कानुन ब्यवसायी हुन ।

त्यस्तै, दिवाकर नेपाल प्यावसनमा आवद्ध छन् भने पर्यटन ब्यवसायी रविन्द्र महर्जन समाज सेवामा संलग्न छन् भने उनी व्यवस्थापनमा समेत कुशलता पाएको व्यक्तिका रुपमा चिनिन्छन् ।

नगरका मेयर छान्नलाई क्षेत्रीय नेताहरु कम्मर कसेर लागिपरेको भएता पनि सर्वसम्मत हुनको लागि अहिलेकै अवस्थामा असम्भव जस्तै देखिन्छ । उम्मेदवारहरुलाई गुट उपगुटले उचाल्ने गरेको तथा नगरका वडाहरुबाट सिफारिस माग्ने क्रममा पनि निषेधको राजनिति हावी भएको एकथरी उम्मेदवारको गुनासो रहेको छ । वडा अध्यक्ष लगायतका पदमा पनि आवश्यक भन्दा बढी संख्याको दावी रहेकोले वडा अध्यक्ष छान्नलाई पनि सकस नै रहेको देखिन्छ ।

त्यस्तै, उपमेयर पदमा भने नेपाली काँग्रेसबाट नेपाल महिला संघ क्षेत्र नं –२ का क्षेत्रीय सभापति लक्ष्मी श्रेष्ठ, क्षेत्रीय कोषाध्यक्ष रञ्जना थापा मगर र क्षेत्रीय सदस्य लक्ष्मी खनियाँको दाबी रहेको छ । माओबादीमा भने शिव कट्टेल र राम गोपाल महर्जनको दाबी रहेको बताईको छ । यस नगरपालिकामा भोट हाल्ने संख्या अनुमानित ३० हजार रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ