arrow

वडातहसम्म कार्यकर्ता परिचालनका लागि यस्तो छ गोकर्ण विष्टको ट्रिक

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
gokarna_bista.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि कार्यकर्ता परिचालनका लागि नयाँ रणनीति बनाएको छ । एमाले मोर्चा संगठनको बैठक बठकले आसन्न स्थानीय निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन भन्दै सबै जनसंगठनको शक्तिलाई निर्वाचनको तयारी र प्रचार–प्रसारको काममा परिचालन गर्ने निर्णय गरेको छ ।

पार्टी सचिव तथा मोर्चा प्रमुख गोकर्ण विष्टले वैशाख १० गतेभित्रमा जिल्लादेखि वडा तहसम्म सम्बन्धित पार्टी कमिटीसँग समन्वय गरी निर्वाचन सहयोग समिति गठन गरिसक्न निर्देशन दिएका छन् ।

बैठकले पार्टीका सबै जनसंगठनहरुले स्थानीय निर्वाचनको घोषणापत्रका लागि आ–आफ्नो संगठनका काम र विशेषताका आधारमा वैशाख ७ गते भित्रमा सुझाव तथा अवधारणाहरु पार्टीको घोषणापत्र मस्यौदा समितिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

यस्तै, २० गतेसम्ममा सबै जनसंगठनहरुले निर्वाचनसम्बन्धी अपिल लगायतका प्रचार सामग्री तयार गरी सम्बन्धित ठाउँमा लगिसक्नुपर्ने निर्णय समेत बैठकले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ