arrow

भीमदत्त नगरपालिकाको मेयरका लागि कुन पार्टीका को आकांक्षी ?

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ वैशाख ४ सोमबार
Bhimdatta_Nagarpalika.png

कञ्चनपुर । अन्यौलकाबीच तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने विश्वास पनि बढ्दै गईरहेको छ । स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा चलिरहेको छ । यसैबीच आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा आफ्नो उम्मेदवारीका लागि आकांक्षा देखाउनेहरुको पनि होडबाजी सुरु भएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा  कञ्चनपुरका राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन् । उमेदवारको टुङ्गो नलागे पनि प्रचार प्रसार राजनैतिछक दलका नेता कार्यकर्ता भने प्रचारमा जुटेका छन् ।

यसरी उम्मेदवारका आकांक्षीहरुमा होड चलिरहेको छ भने सोही विषयमा मुख्य पार्टीहरुले भने नगरपालिकाको आगामी मेयरको लागि पार्टीबाट कसलाई टिकट दिने भन्ने विषयमा छलफल थालेका छन् । आफ्नो पक्षमा जनमत जुटाउनका लागि दलहरु सकृय भएर गाउँ गाउँमा सक्रिय भएका छन् । 
 
मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जनमोर्चाले भीमदत्त नगरपालिकाको मेयरको लागि कसलाई उमेदवार बनाउने भन्ने विषयमा छलफल चलाईरहँदा ती पार्टी भित्र समेत कुन आकांक्षी कुन गुटको र कुन पक्षको हो भनेर कित्ता छुटयाउन थालेका छन् । मुख्य दलहरुले उमेदवार तय गर्नका लागि मापदण्ड निर्धारण गरेपनि कार्यकर्ताहरुले मानेका छैनन् । आफु निकटका आकांक्षीले टिकट पाउनुपर्ने अडान लिदै नेताहरुलाई दबाब दिईरहेका छन् ।

 व्यवस्थापिका संसद्को पहिलो ठूलो दल तथा कञ्चनपुरका ४ वटै निर्वाचन क्षेत्रमा विजय हाँसिल गरेको नेपाली काँग्रेसबाट अहिले मेयरका लागि दर्जन भन्दा बढी नेता कार्यकर्ताले आकांक्षा देखाएका छन् । कञ्चनपुरको पहिलो नगरपालिका भीमदत्त नगरपालिकाको मेयरका लागि तीन ठूला पार्टी मध्ये काँग्रेस र एमालेबाट सबैभन्दा बढी आकाक्षी देखिएका छन् ।
 
व्यवस्थापिका संसद्को ठूलो दल नेपाली काँग्रेसबाट दुर्गा बोहरा, शंकर बहादुर चन्द, दिवाकर पाण्डेय, अन्तराम भट्ट, दुर्गादत्त जोशी, ईश्वरी जोशी, माधव प्रसाद भट्ट, मधु भारती, गोपाल भण्डारी, आशिस खत्री, पदम अवस्थी, अच्युतराज कलौनी लगायतका दर्जन बढी आकांक्षी रहेका छन् । यस्तै उप मेयरमा सरस्वती दाहाल, सुशिला चन्द, रमिता देउवा, ले दाबी गरिरहेका छन् । नेपाली काँग्रेस भीमदत्त नगरपालिकाका  पूर्व नगर सभापति लक्ष्मी बोहरा पनि मेयरका आकांक्षी देखिएपनि उनलाई भीनपा ४ को वडा अध्यक्षमा मिलाउने भएपछि बोहरा मेयरको दौडबाट पछि हटेका छन् ।

व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा एमालेबाट पनि भीमदत्त नगरपालिकामा आंकाक्षी धेरै देखिएका छने । मेयरमा सुरेन्द्र बिष्ट, लिलाध्वज बस्नेत, कर्णबहादुर चन्द, ईश्वरी प्रसाद खरेल, शेर बहादुर चन्द, हरि प्रसाद जोशी, हरक सिह धामी, कर्ण बहादुर चन्द, प्रकाश रावल, आकांक्षी देखिएमा छन् । उप मेयरका लागि दुर्गा भट्ट, पुनम चन्द, माया पन्त, लक्ष्मी विक, लगायतका आकांक्षी देखिएका छन् । 

यस्तै तेस्रो ठूलो दल नेकपा माओबादी केन्द्रको तर्फबाट मेयरका लागि देबेन्द्र ढुङ्गाना, कृष्णदत्त जोशी लोकराज जोशी, कौशिल्या ओझा, आकांक्षी देखिएका छन् । 

त्यस्तै, चौथो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका लागि धर्मराज जोशी, पूर्ण बहादुर चन्द, गजेन्द्र बहादुर चन्द, श्याम चन्द र उपमेयरमा हेलन श्रेष्ठ आकांक्षी देखिएका छन् । यस्तै जनमोर्चा बाट मेयरमा लालबहादुर कुँवर, रतन विक र लक्ष्मी परियार र उप मेयरमा नरेन्द्र जोशी, कर्ण कार्की आकांक्षी रहेका छन् । ठूला दलहरुले वैशाख ७ गतेसम्म उमेदवारको टुङ्गो लगाउने बताएकान छन् । अहिले जिल्ला कार्य समितिमा छलफल भइरहेको र छिट्टै टुङ्गो लगाइने ठूला दलको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ