arrow

नेपालीले विदेश जानु नपर्ने योजनासहितको चुनावी घोषणापत्र ल्याउँदै एमाले

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले ५ वर्ष भित्र हरेक नेपालीको आय ५ हजार अमेरिकी डलर पुर्‍याउने महत्वकांक्षी योजनासहितको चुनावी घोषणा पत्र तयार पार्दै छ ।

एमालेले यही साता घोषणापत्र जारी गर्ने तयारी गरेको बताइएको छ । पार्टीका कार्यवहाक अध्यक्ष बामदेव गौतमले शिक्षा र स्वास्थ्य लगायतका आधारभूत सेवालाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता समेत घोषणा पत्रमा उल्लेख हुने जानकारी दिएका छन् ।  पार्टीले तयार पार्ने चुनावी घोषणा पत्रका विषयमा सोमबार संचारकर्मीसँग छलफल गर्दै कार्यवहाक अध्यक्ष गौतमले आफनो पार्टीले सरकारको नेतृत्व लिन पाए ३ वर्ष भित्र गरिबी निवारण गर्ने प्रतिवद्धता समेत जनाए ।

एमालेले गौतमको नेतृत्वमा चुनावी घोषणा पत्र मस्यौदा तयारी समिति बनाएको छ । कार्यवहाक अध्यक्ष गौतमले ५ वर्ष भित्र मुलुकमा कोही पनि बेरोजगार बस्न नपर्ने व्यवस्था गर्ने प्रतिवद्धता समेत चुनावी घोषणा पत्रमा समेट्ने प्रतिवद्धता जनाए । एमालेले गरिबी निवारण गर्ने महत्वकांक्षी योजना ल्याउने बताइरहेकै बेला सहकारी ऐनमा भने एमालेकै सांसदहरुले चलखेल गरेको विषय लुकाउने प्रयास भइरहेको बताइँदैछ ।

गरिबी निवारणका लागि संचालन गर्न दिइएका सहकारीहरुले निजी क्षेत्र जस्तो घर जग्गा कारोबार गर्न पाउनु पर्ने भन्दै एमाले सांसदहरुले अर्थसमिति र अर्थ अन्तर्गतको उपसमितिलाई तीब्र दबाब दिएको बताइएको छ । यस्तै, एमालेले संविधानमा आधारित रहेर चुनावी घोषणा पत्र तयार पार्ने पनि स्पष्ट पारेको छ ।

कार्यवहाक अध्यक्ष गौतमले संविधानले समाजवाद उन्मुख समाजको परिकल्पना गरेकाले सोही अनुसारको प्रतिवद्धता समेटिएको घोषणा पत्र तयार हुने बताए । एमालेले ३ वर्ष भित्र स्थानीय तहलाई स्रोतर साधनले भरिपूर्ण बनाउने योजना पनि अघि सार्ने भएको छ । एमालेले १० वर्ष भित्र मुलुकलाई संसारकै सबै भन्दा धनी राष्ट्र बराबरको आर्थिक हैसियतमा पुर्‍याउने लक्ष्य समेत एमालेको चुनावी घोषणा पत्रमा समावेश गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ