arrow

विवाह नगरी बच्चा जन्मिए स्वतः विवाह

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
babysleep.JPG.jpeg

काठमाडौं । महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको छ । 

मुलुकी ऐनको नयाँ व्यवस्थाले यसको समाधान गर्ने प्रावधान राखेको हो ।

नयाँ व्यवस्थामा कुनै पुरूषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरूष र महिलाबीच स्वतः विवाह भएको मानिने र विवाह सरहको हक लाग्ने भएको छ ।

समितिको प्रतिवेदन हाल संसदमा छलफलको क्रममा छ । अब बस्ने संसद बैठकले प्रतिवेदन पारित गर्नेछ । 

संसदबाट पारित भएपछि ती कानुन ७५ भदौ १ गतेबाट लागू हुनेछ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ