arrow

सभापतिका लागि भोट माग्न होईन, संविधानबारे जानकारी दिन जिल्ला दौडाहामा छुःउपसभापति पौडेल

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
Ramchandra.jpg.jpeg
अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अहिल्यै पाटी सभापति उम्मेदवार घोषणा नगरेको बताएका छन । उनले समकक्षी नेतासित बसेर छलफल गरेर अगाडी बढने बताएका छन । सभापतिको उम्मेदवार घोषणा गरेर जिल्ला दौडाहमा हिडेर भोट मागेको भन्ने हल्ला गलत भएको जनाउँदै रिपोर्टर्स क्लव अर्घाखाची शाखाले गरेको साक्षात्कार कार्यक्रममा कांग्रेसको नेतृत्वमा बनेको संविधानबारे जानकारी दिन जिल्ला दौडाहमा हिडेको बताए ।

उनले आउँदो महाधिवेशनमा कार्यकर्ताको मनोबल उच्च बनाउन जिल्लामा हिडेको बताए । महाधिवेशनपछि काग्रेस अझै एक ढिक्का भएर आगाडी बढने बताउदै पाटी भित्र भागवण्डाको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले तराई मधेश आन्दोलन, नाकाबन्दी र भूकम्प पीडितको पक्षमा भन्दा पनि आफनो कुर्ची कसरी टिकाईरहने भन्नेमा सरकार लागेको आरोप लगाए । जनताको समस्याप्रति सरकार लाचार भएको उनको आरोप थियो । 

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य मनमोहन भट्राईले महाधिवेशनपछि काग्रेस एकढिक्का भएर जाने र ६० र ४० को भागवण्डाको आरोप अन्त्य हुने बताए । उनले सुशील कोईरालाले अघिल्लो महाधिवेशनमा एक पटकको लागि मात्रै भनेर कार्यकर्तासँग भोट मागेकोले अबको सभापतिमा देउवाको विकल्प नभएको बताए । पाटीको महाधिवेशनपछि सरकार परिवर्तन हुने र त्यसको नेतृत्व काग्रेसले गर्ने दावी गरे । ‘यो सरकार पाकेको आँप जस्तै भएको छ’, उनले भने, ‘यो आफै ढल्छ ।’ देश र जनताको समस्यालाई हल गर्नेतिर भन्दा पनि मन्त्रालय फुटाएर सत्तामा बसिरहने खेल खेलेकाले जनताप्रति उत्तरदायी भन्दा पनि पद जोगाउन केपी ओली लागेको बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य राजनप्रसाद पंन्त,गोविन्द भटराई जिल्ला सभापति कमलप्रसाद भुसाल, नेता विष्णु मुस्कान लगायतका नेताको उपस्थिती रहेको थियो । कार्यक्रम रिपोर्टर्स क्लवका जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ