arrow

कालीगण्डकी करिडोर आषाढ मसान्तसम्ममा ट्रयाक खुल्ने, कसलार्इ हुन्छ फार्इदा

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
kaligandaki_karidor.jpg

बाग्लुङ  । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको अहिले दोस्रो खण्ड अन्र्तगतको कामलाई तीब्र पारिएको छ । नेपाली सेनाले जिम्मा दिईको उक्त सडक निर्माण कार्य अन्र्तगतको दोस्रो खण्डको ८० प्रतिशत काम सकिएको छ । 

 

बाग्लुङ खण्ड अन्र्तगत मालढुंगादेखि पालुङखोलासम्म पुग्ने सडक अन्र्तगत् उक्त काम सम्पन्न भएको हो । नेपाली सेनाले जिम्मा लिएको उक्त सडक आगामी आषाढ मसान्तसम्ममा सक्ने कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख सेनानी इन्जिनियर रेश्मीराज भट्टराइले बताए ।

 

दोस्रो खण्ड अन्र्तगत कुचुरी भीर, डाङकाल, डाँडाखर्क भीर, छोरेलौवा र एक्लेबेलमा काम गरिरहेको छ । पहरा र पत्थर भएका सो ठाउँमा सेनाले निरन्तर बम विस्फोट गरी ट्रयाक खोल्ने काम अगाडि बढाएको छ । सो ठाउँमा पर्ने ५ वटा भीरमा काम सम्पन्न भए असार मसान्तसम्म ट्रयाक खोल्ने गरी काम अगाडी बढाइएको ईन्जीनियर भट्टराइले बताए । 

 

बागलुङदेखि टाकुरीसम्मको १२ किमी ट्रयाक नेपाली सेनाले यस अघि नै खोलिसकेको छ । बाँकी ट्रयाक टाकुरीदेखि छिस्तीको पालुङखोलासम्मको काम अघि बढाइएको हो । 

 

ठेकेदार कम्पनी मार्फत काम गर्दा कोरिडोर अलपत्र भएपछि सांसद प्रकाश शर्मा पौडेलको विषेश पहलमा साथै राजनीतिक दल र स्थानीयको दवावमा आयोजना सेनालाई जिम्मा दिइएको थियो । 

 

यो भारत र चीन जोड्ने राष्ट्रिय गौरवको सवभन्दा छोटा दूरिको सडक आयोजना हो । अन्य सवै जिल्लामा गाडी गुडेपनि बागलुङ खण्डमा ट्रयाक खोल्न ढिलाइ भएपछि  नेपाली सेनालाइ जिम्मा दिएर काम अगाडि बढाएको हो । गत वर्ष आयोजना निर्माणका लागि १९ करोड बजेट विनियोजन थियो । झन्डै ३३ करोड आवश्यक पर्ने उक्त आयोजनाको लागि यस बर्ष थप १४ करोड विनियोजन भएको हो । 

 

बजेट समयमा नै विनियोजन भएकाले निर्धारित समयमा पूरा हुने आयोजना कार्यालयले जनाएको छ । करिडोरको लागि विनियोजन भएको बजेट हरेक वर्ष फ्रिज भएर ट्रयाक खोल्न ढिलाई भएको स्थानीयहरुले बताउँछन । 

 

करिडोरको बागलुङ अन्तरगत जैदी—छिस्ती खण्डमा ४ किलोमिटर र पाल्पामा १० गरी १४ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको र त्यस खण्डमा अहिले धमाधम काम भै रहेको नेपाली सेनाले जनाएको छ । मुस्ताङको कोरलादेखि म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्ने कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ट्रयाक खोले पश्चात बागलुङबाट ४ घण्टामा बुटवल पुग्न सकिने छ । 

 

करिडोरमा प्रसिद्ध मुक्तिनाथ,गलेश्वर,बागलुङ कालिका, सेतीवेणी, रिडि, रानीघाट, राम्दी लगायतका तिर्थस्थलहरु रहेका छन । करिडोरले उत्तर—दक्षिणी दु्रत सेवा दिने,भारतका पर्यटकलाइ सजिलै मुक्तिनाथ लैजान सकिने सम्भावना छ । 

 

यो सडक बनेपछि करिडोर आसपासका १० लाख ३० हजार जनसंख्याको बसाइसराइ कम हुने, १ लाख ३३ हजार हेक्टर जमिनमा तरकारी तथा फलफुल लगाइ व्यवसाय गर्न सकिने,बार्षिक ४ लाख मेट्रिक टन खाद्यान्न  उत्पादन गर्न सकिने तथा ऐतिहासिक स्थानलाइ प्रवद्र्धन गरी पर्यटन क्षेत्रको रुपमा विकाश गर्न सकिने सम्भावना रहेको ।

 

त्यसैगरी, करिडोरको गुल्मी खण्डमा नेपाली सेनाले ट्रयाक खोलेपछि स्तरोन्नतीको काम पछि अघि बढाएको छ । करिडोरको ट्रयाक खोलेको ठाउँमा सडक चक्लाउने, रिटेनिङ वाल उठाउने, कलभर्ट निर्माण गर्ने काम भैरहेको इन्जिनियर भट्टराइले बताए ।

 

ट्रयाक खोल्न कडा चट्टान भएको बागलुङ र पाल्पा खण्डमा बिस्फोटक पदार्थ प्रयोग गरेर निर्माण अघि बढाइएको छ । कालीगण्डकी करिडोर आयोजना निर्माणमा २० मोटरेवल पुल आवश्यक भएको आयोजनाले जनाएको छ । मोटरवेल पुलका लागि मात्र ७ करोड निकासाको क्रममा रहेको इन्जिनियर भट्टराइले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ