arrow

निर्णय पुनर्विचार नभए निर्वाचनमा सहभागी नहुने कमल थापाको चेतावनी

logo
शरद रेग्मी,
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
kamal-thapa-1.jpg.jpeg

दाङ । राप्रपाका अध्यक्ष एवं उप–प्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगलाई आफ्नो निर्णय पुर्नंविचार गर्न आग्रह गरेका छन् । रिपोटर्स क्लव दाङले मंगलवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचन आयोगले राप्रपाको विधानवाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई अराजनैतिक र असंवैधानिक कार्य भनी विरोध गरेका हुन ।

उनले भनेका थिए ‘हामी निर्वाचन आयोगको एक पक्षीय निर्णय कुनैपनि हालतमा स्वीकार्ने पक्षमा छैनौं । त्यो निर्णय पुनर्विचार नभएर जस्तो सुकै कठोर निर्णयगर्न बाध्य हुनेछौं ।’ उप–प्रधानमन्त्री थापाले आफुहरुको माग सम्वोधन नभएको खण्डमा आफुहरु सरकार र निर्वाचन दुबैमा सहभागी नहुने संकेत गरेका थिए ।

कार्यक्रमका थापाले कुनैपनि पार्टीको विचारलाई निषेध गर्न नहुने धारणा राखेका उनले त्यसले पार्टीको सिद्धान्त र विचार समाप्त हुने धारणा राखेका थिए । ‘धेरै कम्यूनिष्ट पार्टीले अहिले पनि साम्यवाद, जनवाद, जनगणतन्त्र जस्ता मान्यता बोकेका छन् के यि मान्यता संविधान अनुकल छन् ।’  

थापाले चेतावनीको शैलिमा भनेका थिए ‘एमाले र मधेसी मोर्चालाई जस्तै गरि राप्रपालाई पनि आन्दोलनमा धकेल्ने खेल भए त्यसले निर्वाचनको माहोल थप धमिल्याउने छ ।’ तर उनले राप्रपा मन, वचन र कर्मले निर्वाचनको पक्षमा प्रतिवद्ध रहेको भन्दै घोषित मिति मै निर्वाचन हुनेमा आशंका व्यक्त नगर्न आग्रह पनि गरेका थिए । 

उनले मधेसी मोर्चापनि निर्वाचनमा आउने वातावरण सुनिश्चित हुन्छ भने निर्वाचनको मिति केही सार्दैमा वा दुई चरणमा निर्वाचन गर्दैमा कुनै फरक नपर्ने धारणापनि व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ