arrow

भारतसँगको सम्बन्ध सुदृढ हुने राष्ट्रपतिको विश्वास

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
bhandari_pic_final.jpg

नयाँदिल्ली । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले दुई देशबीचको साँस्कृतिक सम्बन्ध थप मजबुत् हुँदै जाने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगति तथा सुख–शान्तिको कामना गरिन् ।

सो अवसरमा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिति थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ