arrow

मनपरी शुल्क असुल्ने विद्यालय कालोसूचीमा छन् : मन्त्री पौडेल

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
dhaniram-poudel.jpeg

काठमाडौं । शिक्षा मन्त्री धनिराम पौडेलले मनपरी शुल्क लिने विद्यालयलाई सरकारले कारवाही गर्ने बताएका छन् ।

मंगलबार शिक्षा मन्त्रालयमा संयुक्त विद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै उनले सरकारको निर्देशन पालन गरे नगरेको अनुगमन गरेर निर्देशन पालना नगर्ने विद्यालयलहरुलाई कारवाही गरिने बताए ।

कुनै विद्यालयले मनपरी शुल्क लिएको भेटिए मन्त्रालयमा जानकारी गराउन पनि मन्त्री पौडेलले आग्रह गरे । राजधानीका विद्यालयले मनपरी शुल्क असुल्न थालेपछि चौतर्फी विरोध भएको छ । मन्त्री पौडेलले केही विद्यालयलाई कालो सूचीमा राखेर कारबहीको तयारी भइरहेको जानकारी समेत दिए ।

विद्यार्थी संगठनहरुले नीजि क्षेत्रका विद्यालयहरुले चर्को शुल्क लिएको भन्दै त्यस्ता विद्यालयलाई कारवाही गर्न मन्त्रालयको ध्यानाकर्षण गराए । सर्वोच्चले तीन वर्ष पछिमात्रै आपसी सहमतिमा शुल्क बढाउन पाउने गरी गरेको फैसलालाई लत्याउँदै निजी विद्यालयहरुले मनोमानी शुल्क असुलेको सूचना पाएपछि मन्त्रालय आफैले अनुगमन गर्ने तयारी गरेको बताइँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ