arrow

भारतीय उद्योगपति विजय माल्या लण्डनमा पक्राउ

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
vijay_mallya.jpg

एजेन्सी । भारतीय उद्योगपति विजय माल्या मंगलबार एका विहानै पक्राउ परेका छन् । सुपुर्दगी वारेन्टका आधारमा माल्या लण्डनमा पक्राउ परेका हुन् ।

भारतले गत फेब्रुअरी ८ तारिखमै भारत र बेलायतको सुर्पुदगी सन्धी अन्तर्गत माल्यालाई सुपुर्दगी गर्न औपचारीक आग्रह गरेकाे थियाे ।

माल्यालाई भारतमै ठूला ‘ बैंक डिफल्डर’घोषित गरिएको थियो । माल्या पछिल्ला केही महिना यता लण्डनमै थिए । पक्राउ परेका माल्यालाई बेलायतको अदालतमा पेश गरिने बताइएको छ । विजय माल्यामाथि भारतका विभिन्न १७ वटा बैंकको ९० अर्ब भारती रुपैंया ऋण नतिरेको आरोप छ ।

यसै महिना भारतको राष्ट्रिय बैंक ‘बैंक अफ इन्डिया’को अगुवाई रहेको अनुगमन टोलीले माल्याको गोवास्थित किङ्गफिसर वंगला लिलाम गरेको थियो । उक्त वंगला ७३ करोड रुपैंयामा विक्रि भएको थियो ।

माल्याविरुद्ध भारतका कयौँ अदालतबाट वारेन्ट जारी भएर बसेका छन् । उनीबारे सम्पत्ति सुद्धिकरणको समेत जाँच चलिरहेको बताइँदैछ । प्रवर्तन निर्देशनालय (ईडी) ले सेप्टेम्बर २०१६ मा सम्पत्ति सुद्धिकरणसँग जोडिएको जाँचकाका क्रममा द्योगपति माल्याको सारासम्पत्ति जफत गरेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार जफत भएको सम्पत्तिको कूल परिमाण ६ हजार ६ सय ३० करोड थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ