arrow

राष्ट्रगानका सर्जक माइला अब महानगरको विकास दूत 

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
byakul_maila_mahanagar.jpg

काठमाडौ । काठमाडौं महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ, र सफा बनाउने अभियानमा महानगर र राष्ट्र गानका सर्जक प्रदीपकुमार राईवीच विकास दूत सम्बन्धी मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ। महानगरपालिका कार्यालयको २०७३ फागुन २२ गतेको निर्णय अनुसार चैत १८ गते आयोजित तत्काल सुधार कार्ययोजना, २०७३ को सार्वजनिकीकरण कार्यक्रममाझ विकासदूत घोषित राष्ट्रिय गानका सर्जक व्याकुला माइला अर्थात् प्रदीपकुमार राई र महानगरवीच सम्झौता भएको हो । 

 

सम्झौता समारोहलाई सम्बोधन गर्दै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले — महानगरसँग राष्ट्र गानका सर्जक राईको सहकार्यले, सहरी व्यवस्थापनका सम्भावना र चुनौतीबीच विकासको तरंग ल्याउन सकिने धारणा राखे। समारोहमा विकासदूत व्याकुल माइलाले विकासदूत नियुक्त भएपछि थप जिम्मेवारी बोध गर्दै, व्यक्तित्व रक्षाकालागि महानगरको सहयोग-कला रक्षाकालागि महत्वपूर्ण रहेको बताए ।  

आवश्यकताका आधारमा सम्झौता अवधि बढाउन सक्ने गरी हाल १ वर्षकालागि भएको सम्झौता भएको छ । जस अनुसार महानगरले विकासदूतलाई मानार्थ परिचय पत्र प्रदान गर्नुका साथै सम्मान स्वरुप मासिक ३० हजार रुपैयाँ उपलब्ध गराउने छ  । विकासदूतले सहरी व्यवस्थापन अन्तर्गत राजस्व परिचालन, सहरी आचरण विकासलगायत महानगर र महानगरवासी बीच सिधा सम्पर्क हुने क्षेत्रमा कार्य गर्नु पर्नेछ । 

 

यसभित्र विकासदूतले बालविकास, मातृशिशु, महिला, अपाङ्ग र स्वास्थ्य—शिक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा सक्रियतापूर्वक सहभागिता जनाउनु पर्नेछ । विक्रम सम्वत २०२९ साल चैत २५ गते ओखलढुङ्गामा जन्मनु भएका राईले लेख्नुभएको सयौं थुँगा फूलका हामी एउटै माला नेपाली बोलको गीत प्रतिष्पर्धामार्फत २०६४ जेठ ४ गते राष्ट्रिय गानका रुपमा घोषणा भएको हो । प्रतिष्पर्धामा १ हजार २ सय ७२ गीतहरु थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ