arrow

ओलीको स्वास्थ्य रिपोर्ट गजब !

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
exPM_oli.jpg

काठमाडौँ । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैङ्ककमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणबाट सबै प्रतिवेदन राम्रो आएको बताइएको छ ।

ओली यही वैशाख ७ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे निजी सचिव अनिश दाहालले बताए ।  पूर्वप्रधानमन्त्री समेत रहेका ओली गत चैत २६ गते त्यसतर्फ गएका थिए । ओलीका साथमा पत्नी राधिका र निजी चिकित्सक डा. दिव्या सिंह छन् ।

अध्यक्ष ओली विदेश रहेका कारण स्थानीय निर्वाचनमा पार्टीको तयारीलगायत विषयमा छलफल गर्न यही वैशाख ३ गतेका लागि तोकिएको एमाले केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठक स्थगन भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ