arrow

राष्ट्रपति भण्डारीसंग सवारी मन्त्री यादव साथमा, परराष्ट्रमन्त्री डा महत फर्किदै

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
vidya-mukharjee.JPG

काठमाडौं । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी गुजराततिर लाग्दैछिन् । उनीसंग सवारी मन्त्रीका रुपमा पुनःनिर्माण मन्त्री सीतादेवी यादव पनि हुनेछिन् । 

परराष्ट्र मन्त्री डा प्रकाश शरण महत भने स्वदेश फर्किदै छन् । उनी बिहान ९ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने परराष्ट्र स्रोतले बताएको छ । 

उनी अन्य कुनै कारणले नभइ पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर फर्किन लागेका हुन् । परराष्ट्र स्रोतका अनुसार उनी राष्ट्रपतिको भ्रमणका क्रममा कुनै परराष्ट्र मामिलाबारे सन्धी सम्झौता हुने वा त्यसबारे चर्चा हुनेभए भन्दै गएका थिए । 

तर औपचारिक कार्यक्रम सकिएपछि डा महत सवारी मन्त्री भइसकेको अवस्थामा बसिरहनु नपर्ने भएकाले फर्कन लागेका हुन् । 

यसअघि राष्ट्रपति भण्डारीलाई मंगलबार राति भारतीय राष्ट्रपति प्रणव मुखर्जीले रात्रिभोज दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ