arrow

काँग्रेसको घोषणापत्र समितिलाई नेता चन्द्र भण्डारीले दिए यस्तो सुझाव

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
chandra-bhandari-andolan-interview.jpeg

काठमाडौं । नेपाली काँग्रेसले सम्भवतः बिहीबार घोषणापत्र सार्वजनिक गर्दैछ । स्थानीय तहमा जिल्लाले आआफ्नै तवरबाट घोषणापत्र बनाईरहेको भएपनि केन्द्रीय स्तरमा काँग्रेस नेता महेश आचार्यको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरिएको छ । 


सो समितिमा काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि सदस्य रहेका छन् । ५ नं प्रदेश टुक्याउन नहुने तर्कमा पार्टीको आधिकारिक धारणा विपरित जनताको चाहाना अनुरुप निर्णय गरेर एक्लो बृहस्पतिका रुपमा काँग्रेसमा  आफ्नो एजेण्डा प्रस्तुत गरेका भण्डारीले अहिले घोषणापत्रको लागि आफ्नो सुझाव पेश गरेर चुनावी माहोल तताउन गाउँगाउँमा हिँडिरहेका छन् । 


भण्डारीले दिएका सुझावहरु काँग्रेसले कत्तिको आत्मसाथ गर्छ त्यो भने हेर्न बाँकी नै छ । तर, भण्डारीले दिएका ती सुझावहरु काँग्रेसले घोषणा पत्रमा समेट्नै पर्ने खालको रहेको काँग्रेसका नेताहरुले बताउने गरेका छन् । 


भण्डारीले सबैभन्दा पहिले एकीकृत बस्तीका निम्ति अभियान सञ्चालन गर्ने कुरा घोषणापत्रमा राख्न सुझाव दिएका छन् । उनले एकीककृत रुपमा बस्ती बसालेर अरु ठाउँलाई खेतीपातीमा लगाउनु पर्नेमा जोड दिएका छन् । 


त्यस्तै, रोजगारीको लागि विदेशिने नेपालीहरुले पठाएको पैसालाई सरकारले नै जम्मा गरेर जलविद्युत तथा उद्योग क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्नु पर्छ । जसमा लगानीकर्ताहरुलाई लगानी नडुब्ने विश्वास भने सरकारले दिलाउनु पर्छ र यसमा जमानत पनि सरकार नै बस्ने व्यवस्था ल्याउनु पर्ने सुझाव पनि ल्याईएको छ । 


त्यस्तै, प्रत्येक स्थानीय तहमा स्थानीय सरकारले नै आवाशीय विद्यालयहरु खोल्ने र त्यसबाट आएको रकमले सरकारी विद्यालयहरुमा आधुनिक प्रविधिहरुको विकास गर्न सकिन्छ । यो विषय पनि घोषणापत्रमा राख्न सुझाव दिईएको नेता भण्डारीले हाम्राकुरासँग भने । 

 

त्यसैगरी, सबै स्थानीय तहमा कृषि चिस्यानको लागि चिस्यानगृहको व्यवस्था गरेर केही दिन विक्रि नभएपनि आफ्नो फसल विग्रिएर जान्छ भन्ने चिन्ता नहुनेगरी व्यवस्थागर्ने कुरा पनि घोषणा पत्रमा उल्लेख गर्नुपर्ने भण्डारीले जानकारी दिए । 


यसका अलावा ठाउँठाउँमा र गाउँगाउँमा शौचालय, सावैजनिक स्थानमा खानेपानी तथा पुस्तकालयको व्यवस्था पनि गर्न सकिने भएकोले सो विषय पनि घोषणापत्रमा उल्लेख गर्नको लागि भण्डारीले सुझाव दिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ