arrow

संजय पण्डितलाई गोल्डेन गेट कलेजको सम्मान

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
sanjaypandit-samman.jpg

काठमाडौं ।  विश्व पर्वतारोही तथा लामो दुरीका धावक संजय पण्डितलाई बुधवार गोल्डेन गेट इन्टरनेशनल कलेजले १ लाख सहित ताम्रपत्र र साहसिक खेलकुद अवार्डले सम्मान  गरेको छ । सम्मान कार्यक्रममा  गोल्डेन गेट कलेजका कार्यकारी प्रमुख रमेशकुमार शिलवालले ताम्रपत्र एवम चेक हस्तान्त्रण गरेका थिए ।

 पण्डितले  विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमालको रुपमा चिनिएको मनास्लु लगाएत संसारका ११ वटा चर्चीत हिमालको आरोहण गरिसकेका छन् । कार्यक्रममा शिलवालले सगरमाथा देखि अन्टारटिका सम्म संजयको आरोहण संगै गोल्डेन गेट कलेजले पनि विजय प्राप्त गरेकोले आफु अत्यन्त खुसी रहेको जानकारी दिदै आगामी दिनमा संजयको थप सफल कृर्तिमानी आरोहणको कामना गरे  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ