arrow

यसरी मनार्इयो नेविस‌ंघको स्थापना दिवस, आरआरमा पनि देखियो रौनक  

logo
प्रकाशित २०७४ वैशाख ६ बुधबार
RR_Campus_NSU.jpg

काठमाडौं । बुधबार देशभर नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले आफ्नो ४८ ‌ओंस्थापना दिवस मनाएका छन् । देशभरका विभिन्न क्याम्पसहरुमा विद्यार्थीले आआफ्नै शैलीमा नेविसंको स्थापना दिवस मनाएका हुन् । 

Image may contain: 7 people, people standing and outdoor

उता, केन्द्रीय स्तरमा भने राजधानीको शान्तिबाटिकामा केन्द्रीय विद्यार्थी नेताहरुका साथै उद्योग मन्त्री नवीन्द्रराज जोशीपनि कार्यक्रममा उपस्थित भएका थिए । शान्तिबाटिकामा पनि विद्यार्थी नेताहरुले दीप प्रज्वलन गर्दै नेविसंघको स्थापना दिवस भव्य रुपमा मनाएका थिए । 

 
त्यस्तै, संघठनको स्थापना भएको मिति बैशाख ६ को सम्झनामा काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघले दीप प्रज्वलन गरेर आफ्नो स्थापना दिवस मनाएको छ । एमाले निकट विद्यार्थीहरुको गढ मानिएपनि गत चैतमा भएको निर्वाचनमा सम्मानजनक मत ल्याएको सो क्याम्पसका विद्यार्थीहरुले साँझ ६ बजेतिर दीप प्रज्वलन गरी स्थापना दिवस मनाएको स्ववियु सदस्य सुनिल शर्माले जानकारी दिए । 

कसरी भएको थियो नेविसंघको जन्म ?

पञ्चायतको विरुद्धमा संघर्षरत अवस्थामा जेल परेका तरुणहरुले जेलभित्रै झण्डाको नक्सा तयार पारी २०२७ साल वैशाख ६ गते स्वयम्भु सत्तल वरिपरि भेला भएका र देशभरबाट आएका दुई सय प्रतिनिधिहरुमाझ भर्खरै जेलबाट रिहाभएका नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले सम्मेलन उद्घाटन गरेका थिए। त्यहीबाट नेपाल विद्यार्थी स‌ंघको स्थापना भएको हो । 

त्यसको भोलिपल्ट दोस्रो दिन पशुपतिको राम मन्दिरमा भएको बन्दसत्रले संगठनको घोषणा पत्र विद्यान पारित गर्दै संगठनको नाम नेपाल विद्यार्थी संघ राख्ने निधो  गरेको थियो । सो समयमा प्रहरीको ब्यापक धरपकडका बावजुद् पनि सम्मेलन सफल भएपछि गिरफ्तार गरिएका विद्यार्थीहरुलाई थुनुवा पुर्जी दिईएको थियो । तर, अदालतले विद्यार्थीहरुको पक्षमा फैसला दिए पछि सम्पूर्ण विद्यार्थीहरुलाई रिहा गर्न त्यतिबेलाको सरकार बाध्य भएको थियो ।

 

उता, २०२६ असार १२ मा त्रिभुवन विश्वविद्यालयको विद्यार्थी युनियनको चुनाबमा प्रजातान्त्रिक पक्षका सम्पूर्ण पदाधिकारीहरु निर्वाचित भएका थिए । उक्त निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष देवेन्द्रलाल नेपाली, उपाध्यक्ष बालमकुन्द जोशी, महामन्त्री अर्जुननरसिंह केशी लगायत थिए । २३ असार २०२६ मा बसेको युनियनको बैठकले त्रि।वि।मा अध्ययनरत छात्र रामचन्द्र पौडेललाई विनाकसुर नजरवन्धमा राखेकोमा खेद प्रकट गरी उनलाई तत्काल रिहा गर्न तत्कालिन शिक्षा मन्त्री बासुदेव ढुंगानासँग माग गरेको थियो  । 

 

त्यसपछि ‘उत्तरी सिमानामा रहेका चेकपोष्टमा रहेका भारतीय अधिकारीहरु हटाउनु पर्छ, नवलपरासी जिल्लाको सुस्ता नेपालको हो र त्यसैले उत्तरी भागबाट बढ्दै आफ्नो सैनिक सुरक्षा र दक्षिण सिमाना रेखाङ्कन होस्’ भनि २०२६ असार २४ गते युनियनले वक्तब्य  जारी   गरेको थियो । त्यतिबेलाको सरकारले यसलाई नै अपराध ठहर्याई विद्यार्थीहरुलाई गिरफ्तार गर्‍यो । 

 

२९ असारमा त्रि–चन्द्र कलेजको कम्पाउण्ड भित्र प्रवेश गरि प्रहरीले पाँच सय भन्दा बढी विद्यार्थीहरुलाई लाठी प्रहार गरी घाईते बनाएको थियो। देशभरबाट यस घटनाको विरोधमा आन्दोलन  भयो र श्रावण ७ गते राती ९ बजे गिरफ्तार भएका सम्पूर्ण विद्यार्थीहरुलाई विना सर्त रिहा  गरियो ।
 

यसरी नै यावत समस्याहरुसँग जुध्दै आएको नेविस‌ंघ अहिले अस्तित्वमा रहेको विद्यार्थी स‌ंगठनहरुमध्ये सबैभन्दा जेठो विद्यार्थी स‌ंगठन हो । यो स‌ंगठनले बुधबार आफ्नो ४७ औं वार्षिकोत्सव मनाएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ