arrow

स्थानीय निर्वाचनमा युवाहरुलाई टिकट दिनुपर्छ : अध्यक्ष बस्नेत

logo
कुमुद अधिकारी
प्रकाशित २०७४ वैशाख ६ बुधबार
jitjung-basnet.jpg.jpeg

विराटनगर । कांग्रेसका भातृ संगठन तरुण दलका सभापति जितजंग बस्नेतले स्थानीय तहको निर्बाचनमा युवा उम्मेदवारले टिकट पाउनु पर्ने माग गरेका छन् । 

 

तरुण दल मोरङले विराटनगरमा बुधवार आयोजना गरेको निर्बाचन लक्षित युवा भेलामा अध्यक्ष बस्नेतले युवाहरुमा काम गर्ने जोश, जागर, उर्जा हुनेगरेकोले तरुण अर्थात् युवा उम्मेदवारले टिकट पाउनु पर्ने बताए । 

 

उनले देश बनाउने जिम्मेबारी बोकेका युवाहरुलाई स्थानीय तहको नेतृत्वको जिम्मेबारी दिए मुलुकको कायापलट हुने दावी पनि गरे । उनले स्थानीय तहको निर्बाचन सफल बनाउन युवाहरुलाई गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्न निर्देशन पनि दिएका छन् ।

 

उनले मुलुकभरिको प्रत्येक मतदान केन्द्रमा २० २० जना तरुण युवा परिचालन गरेर स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्बाचन सफल बनाउने बताए । 

 

मुलुकको कायापलट भाषणले मात्रै नहुने भन्दै अध्यक्ष बस्नेतले उद्योग, व्यबसाय, वैज्ञानिक प्रबिधिबाट ब्यबसायिक खेतीमा युवाहरुलाई लाग्न सबैलाई आग्रह गरे । 

 

त्यस्तै, तरुण दल मोरङका सभापति संजय थापाले मोरङको सामाजिक, आर्थिक, सांस्कृतिक विकासको नेतृत्व गर्ने युवाहरुको सूची तयारी अन्तिम चरणमा पुगेको र अब चाडै उनीहरुको चाहना अनुसारको सीप मूलक तालिमलगायतको सहयोग गरेर परिचालन गर्ने तयारी गरेको बताए । उनले मतदान केन्द्रमा तरुण युवा परिचालन गर्ने काम भइरहेको सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ