arrow

वसुन्धराश्री पुरस्कार प्रा डा तारानाथ शर्मालाई

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
taranath-sharma.jpg

काठमाडौँ । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान गरेबापत यो वर्षको वसुन्धराश्री पुरस्कार प्रा डा तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । 

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । 

सम्मानपत्रसहित उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ । 

त्यसैगरी, सम्मानपत्रसहितको रु ५० हजार राशिको मानश्री पुरस्कार सञ्चारकर्मी एवम् साहित्यकार खगेन्द्र नेपालीलाई प्रदान गरिने भएको प्रतिष्ठानले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ