arrow

निर्वाचनपछि संविधान संशोधनबारे सोचिनेछ : अध्यक्ष ओली

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
KP-oli-talking-new.jpg.jpeg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताएका छन् ।थाइल्यान्डमा नियमित उपचार गरी बिहिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनमा अड्को थाप्ने र निर्वाचनसँग असम्बन्धित विषय अघि सारेर अल्मल्याउने काम गर्न नहुने जनाउँदै तोकिएको समयमा एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहो¥याए । सरकारले संविधान संशोधनको नयाँ विधेयक एक साताअघि व्यवस्थापिका–संसद्मा दर्ता गरेको थियो । 

 

अध्यक्ष ओलीले भने “वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुन्छ भन्नेमा ‘बट र इफ’ भन्ने हुँदैन । यो लोकतन्त्रका लागि भात खानु जस्तै हो । यसमा सबैले भाग लिएर जनताका बीचमा निर्वाध आफ्ना कुरा राख्न म आग्रह गर्दछु ।” 

 

दुई चरणमा स्थानीय निर्वाचनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनको जवाफ थियो, “दुई चरणमा त हुन्छ, अहिले स्थानीयको हुन्छ, कात्तिकमा प्रदेशको हुन्छ ।” विभिन्न मधेसी दल आपसमा एकीकरण हुनु सकारात्मक कार्य हो भन्दै उनले पार्टीले निर्वाचनको घोषणापत्र जारी र उम्मेदवार चयनको अन्तिम प्रक्रियामा रहेको पनि उल्लेख गरे। 

 

ओलीले स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकको सुझावअनुसार आफ्नो हर्नियाको शल्यक्रिया गरिएको र त्यो सफल भएको बताए । अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्बाङलगायतले स्वागत गरेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ