arrow

एमालेले लगायो ४० वडामा उम्मेद्वारको टुङ्गो

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
Baitadi_District.png

बैतडी। स्थानीय तह चुनावका लागि नेकपा (एमाले) बैतडीले ४० वडाको उम्मेदवारको टुङ्गो लगाएको छ । स्थानीय तहको पुनःसंरचनाअनुसार जिल्लामा रहेका चार नगरपालिका र छ गाउँपालिकाका ८४ वडामध्ये ४० वडामा उम्मेदवारको टुङ्गो लगाएको एमाले बैतडीले जनाएको छ । 

यस्तै, सुर्नया गाउँपालिकामा अध्यक्षको उम्मेदवारमा नरेन्द्र विष्ट छानिएका छन् भने दोगडाकेदार गाउँपालिकामा चक्र कार्कीको नाम घोषणा गरिएको एमाले प्रचारप्रसार उपप्रमुख शेरबहादुर चन्दका अनुसार अन्य बाँकी वडामा छलफल भइरहेको र गाउँपालिका र नगरपालिकामा धेरै आकांक्षी रहेकाले उम्मेदवार छनोट कार्य जारी रहेको उनले बताए । 

यस्तै, नेकपा (माओवादी केन्द्र)ले दशरथचन्द नगरपालिका–७ मा वडाका अध्यक्षका लागि पद्मराज बडूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसका साथै प्रचारप्रसार समिति समेत गठन गरिएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला कमिटी सदस्य गोकर्ण बोहराले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ