arrow

अवैध कल बाइपास गर्ने खतिवडा पक्राउ

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
voip.jpg

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध रुपमा कल बाइपास गरेको आरोपमा अनुपा खतिवडालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी बिहिबार सार्वजनिक गरेको हो । 

सो ठाउँबाट ६४ पोर्टको जिएसएम गेटवे डिभाइस, टिपी लिङ्कको राउटर, एचपी कम्पनीको ल्यापटप, कलर्स मोबाइल, आठ जिबीको पेनड्राइभ र सोनी एक्सपेरिया मोबाइल एक एक थान बरामद गरिएको छ । अभियुक्त खतिवडालाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद लिई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ