arrow

डिपीएल क्रिकेटः ‘राम्रो खेल्नेले फाइनल जित्छ’ पारस–शरद

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
dpl-prematch-conference.jpg

धनगढी । धनगढीमा भइरहेको धनगढी प्रिमियर लिग क्रिकेट डिपीएलको उपाधि भिडन्त निकै रोमाञ्चक मोडमा पुगेको छ । शनिबार बिहान ११ः३० बजे टिम चौराह धनगढी र विराटनगर किंगस उपाधिका लागि भिड्दै गर्दा दुवै टिमका कप्तानले राम्रो खेल्नेले नै उपाधि जित्ने प्रतिक्रिया दिएका छन् । 

शुक्रबार बिहान खेलअघिको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका कप्तानले उक्त प्रतिक्रिया दिएका हुन् । धनगढी टिमका कप्तान पारस खड्काले भने, ‘प्रतियोगिता उत्साहजनक भएको छ, राम्रो खेल्नेले जितोस् शुभकामना ।’

त्यस्तै विराटनगर किंगसका कप्तान शरद भेषावकरले युवा खेलाडीहरुको राम्रो प्रदर्शनले उत्साही भएको प्रतिक्रिया दिंदै ‘ धनगढी राम्रो टिम हो, फाइनल राम्रो हुनेछ ।’ भने । 

टिमवर्कले नै जितहारको निर्णय गर्नेसमेत उनीहरुले बताएका छन् । धनगढीमा समर्थकले दिएको सम्माननै आपूmहरुको उत्साह भएकोसमेत कप्तानद्धयले बताएका छन् । 

पहिलो चरणमा दोस्रो स्थानमा रहेर विराटनगर र चौथो स्थानमा रहेर धनगढी प्लेअफमा पुगेको थियो । पहिलो क्वालिफायरमा शीर्ष स्थान ओगटेको रुपन्देही च्यालेन्जर्सलाई हराएर विराटनगर फाइनलमा पुगेको हो ।

धनगढीले पहिलो इलिमिनेटरमा काठमाडौं गोल्डेन्सलाई र दोस्रो क्वालिफायर्समा रुपन्देहीमाथि जित निकाल्दै फाइनलमा ठाउँ बनाएको हो । पारस फर्ममा फर्किएपछि धनगढीले पछिल्ला तीन खेलमा जित निकालेको हो । 
६ टिमले सहभागीता जनाएको प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले ७ लाख रुपैयाँ जित्नेछ । म्यान अफ टोर्नामेन्टलाई टिभिएस अपाचे मोटरबाईक प्रदान गरिने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ