arrow

बरुण पहिरोको जोखिम घट्दै, १० घरलाई राहत दिएर सारियो 

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
Barun_river_flow.jpg

काठमाडौं । बरुण नदीले ल्याएको पहिरोबाट अरुण नदी थुनिएर बिहीबार देखि बढेको त्रास शुक्रबार दिउँसोदेखि जोखिम घट्दै गएको छ । बिहीबार अपराह्न नै चुनिएको आशंका गरिएको सो नदीको बहाब रोकिएको कुरा बिहीबार राती मात्रै पत्ता लागेको थियो । 

 

काठमाडौंबाट खानेपानी राज्यमन्त्रीको नेतृत्वमा गएको विपद् महाशाखाका अधिकारीहरु, भूगर्भ विद्हरु लगायतको टोलीले पुगेर सो क्षेत्रमा जोखिम केही कम भएको भएपनि सो क्षेत्र जोखिम मुक्त भने बनिनसकेको बताएको छ । 

 

घटनास्थलबाट स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङका स्वकीय सचिव श्याम निरौलाले जानकारी दिए । उनका अनुसार अहिले जोखिमयुक्त स्थानमा रहेका १० घरलाई नेपाल रेडक्रस सोसाईटीले पाल वितरण गरेर स्याक्सिला गाउँमा स्थानान्तरण गरेको छ । अहिले तीन वटा घरहरु भने पूर्ण जोखिमयुक्त रहेको भनी रातो झ०डा गाडिएको छ भने अन्य घरहरुलाई सचेत रहन आग्रह गरिएको छ । 

 

भोटखोला गाउँपालिका वडा नं ४ मा रहेको बरुण नदी र अरुण नदीको संगमस्थलमा पहिरो थुनिएको छ । सो स्थानबाट नदी ओभरफ्लो भएर बग्न थालिसकेको ले जोखिम कम भएको उनले बताए । 

 

घटनास्थलमा अहिले स्वास्थ्य राज्यमन्त्री गुरुङ, खानेपाली राज्यमन्त्री दिपक खड्का, प्रमुख जिल्ला अधिकारी, तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुख लगायतको टोली पुगिसकेको छ । उनीहरुसँगै भूगर्भविद् लगायतका विशेषज्ञहरुको टोली समेत घटनास्थालमा पुगिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ