arrow

च्याम्पियन्स लिगमा मड्रिड ‘डर्बी’ बहुप्रतिक्षित भीडन्त

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
Champions_League.JPG

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलको सेमीफाइनलको खेल तालिका सार्वजनिक भएको छ । स्पेनिश क्लब रियाल मड्रिड र एथ्लेटिको मड्रिड ‘डर्बी’ पहिलो लेगको भिडन्त मे २ अर्थात् वैशाख १९ गते हुनेछ ।

मड्रिड डर्बी यसअघिका तीन फाइनल मध्ये दुईको पुनरावृत्ति हो । जसमा रियालले दुई वटामा नाटकीय बाजी मारेको थियो ।

स्पेनिश क्लब बार्सिलोना बाहिरिएपछि मुख्य उपाधि दावेदार मानिएको रियाल मड्रिड ‘डर्बी’को फाइदा उठाउँदै फाइनल पुग्ने दाउँमा छ । यो खेल फुटबल समर्थकका लागि बहुप्रतिक्षाको खेल हुनेछ ।

अर्को सेमीफाइनल फ्रेन्च क्लब मोनाको र इटालियन क्लब युभेन्टसबीच हुनेछ । यी दुईबीचको सेमीफाइनल पहिलो लेग ३ मे अर्थात् वैशाख २० गते हुने भएको छ ।

यस्तै, च्याम्पियन्स लिगको सेमीफाइनल दोस्रो लेग मे ९–१० अर्थात् वैशाख २६–२७ मा हुने तालिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ