arrow

लायन्स एटुको पाँचौ महाधिवेशनमा विवादित छविकी जोशीको उम्मेदवारी

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
shova_jee.jpg

काठमाडौं । ‘द रेयूकाई नेपाल’ की पूर्व अध्यक्ष शोभा जोशीले लायन्स क्लब ईन्टरनेशनल नेपाल एटुको पाँचौ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी घोषणा गरेकी छन् ।

विवादित छवि भएकी जोशीले द्धितिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी हुन् । लायन्स एटुको अधिवेशन महाधिवेशन शनिबार हुँदैछ । लायन जोशीलाई पूर्व गर्भनर पंकज प्रधानलगायतको समर्थन रहेको बताइँदैछ । जोशीमाथि रेयूकाई नेपालमा रहँदा आर्थिक हिनामिना गरेको आरोप लागेको छ ।

जोशीलाई भ्रष्टाचार मुद्दा समेत लागेको थियो । जोशी विवादमा तानिएपछि उनको कार्यकाल नसकिँदै रेयूकाईको मुख्यालयले साधारण सदस्य समेत नरहने गरी पदबाट हटाएको थियो । आर्थिक अनियमिततामा मुछिएका कयौँलाई रेयूकाईको मुख्यालयले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिसकेको छ । जसमा ‘द रेयूकाई नेपाल’ का पूर्व अध्यक्षहरु शोभा जोशी र श्याम बस्याल लगायत चर्चित नाम पनि छन् । ‘द रेयूकाई नेपाल’ का पूर्व अध्यक्षहरु शोभा जोशी र श्याम बस्याललाई मात्र नभई अन्य कयौँलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको बर्तमान कार्यवहाक अध्यक्ष प्रविनकुमार गुरुङले बताए ।
एक दशक अघि रेयूकाईमा विवादित बनेकी लायन जोशीले अहिले लायन्स क्लबको एटुबाट उम्मेद्वारी दिएपछि नकारात्मक टिप्पणी सुरु भएको हो ।

नाम नलेख्ने सर्तमा लाईन्सका एक पूर्व गर्भनर भन्छन्, ‘नैतिकरुपमा पतन भएका व्यक्तिलाई नेतृत्वमा ल्याएर लाइन्सको गरिमा घटाउनु हुँदैन । लाइन्सको नेतृत्व स्वच्छ छवि भएको वौद्धिक व्यक्तित्वले लिनुपर्छ ।’ उता लाइन जोशीको प्रतिस्पर्धीका रुपमा व्यवसायी तथा समाजसेवी केशरबहादुर भण्डारीको उम्मेद्वारी परेको छ । भण्डारी र जोशीबीच कडा प्रतिप्रस्र्धा हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ