arrow

मधेसी नेतालाई एउटै ‘छाता’मुनि आएको भोलिपल्टै पार्टीको नाउ फेर्ने रन्को

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
madhesi_neta1.jpg

काठमाडौँ । मधेस केन्द्रीत ६ दल गाभिएर विहिबार मात्रै घोषणा भएको ‘राष्ट्रिय जनता पार्टी’को नाम परिवर्तन हुने भएको छ । मधेसी मोर्चामा आवद्ध ६ दलले विहिबार मात्रै एकीकरण गरी ‘राष्ट्रिय जनता पार्टी’ घोषणा गरेका थिए । नयाँ पार्टी घोषणा गरेको एक दिन नवित्दै नाम परिवर्तन गर्ने चटारो सुरु भएको छ ।

‘राष्ट्रिय जनता पार्टी’को नाम यसअघि नै  निर्वाचन आयोगमा दर्ता भइसकेको भटिएपछि मधेसी नेताहरु पार्टीको नाम फेर्ने गृहकार्यमा जुटेका छन् । एकिकृत पार्टीका नेता मनीष सुमनले हाम्राकुरासँग भने, ‘नाममा केही परिवर्तन हुन्छ । छलफल चलिरहेको छ । यही हुन्छ भन्ने यकिन भएको छैन ।’ यसअघि नेत्रबहादुर लिम्बूको अध्यक्षता निर्वाचन आयोगमा ‘राष्ट्रिय जनता पार्टी’ दर्ता भएको छ ।

एकिकृत नयाँ पार्टीका नेताहरुले निर्वाचन आयोगमै गएर बुझ्दा विहिबार घोषणा भएको नाम दर्ता भइसकेको भेटाए । पार्टी एकता घोषणा अघि मधेसी नेताहरुले आफुहरुले निर्वाचन आयोगसँग अनौपचारिक परामर्श लिएको बताएका थिए ।

पार्टी घोषणा अघिको छलफलमा पार्टीको पदाधिकारी वरियता नमिलेपछि अध्यक्ष  मण्डलबाट कार्यसम्पादन र बैठक बसाउन थालिएको छ । छलफलको प्रारम्भिक सार अनुरुप राष्ट्रिय जनता पार्टीको अगाडि नेपाल थप्ने तयारी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ