arrow

एमालेले चुनाव गरेर छानेका पोखरा लेखनाथ महानगरका मेयर उपमेयरका उमेद्वार को को भए ?

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
cpnuml.jpeg

कास्की। कास्कीमा रहेको पोखरा लेखनाथ महानगरपालिकाको लागि एमालेबाट उम्मेदवारी दिनेहरुको नाम निर्वाचन गरेर नै चयन गरिएको छ । आसन्न स्थानीय निर्वाचनमा महानगरको मेयर तथा उपमेयरको लागि डेढ दर्जन नेताहरुले आकांक्षा देखाएपछि निर्वाचन नै गरेर उम्मेदवार चयन गरिएको हो । 

शुक्रबार निर्वाचन कमिटी अध्यक्ष टिकाराम पंगेनीले जारी गरेको विज्ञप्तीमा १० जना मेयरका आकांक्षी र ८ जना उपमेयरका आकांक्षीहरुको नामावली समेटिएको थियो। हाम्राकुरासँग कुराकानी गर्दै पंगेनीले यस विषयमा नेताहरुसँग छलफल गरेरै चुनाव गरिएको बताए ।  

पँगेनीका अनुसार साँझदेखि भएको निर्वाचनको परिणाम पनि राती साँढे दशसम्म सार्वजनिक भएको हो। उम्मेदवार भएकाहरु मध्ये जिल्ला अध्यक्ष समेत रहेका कृष्ण थापाले नै उम्मेदवारीको लागि निर्वाचन जित्ने सम्भावना रहेको बताइएपनि परिणाम भने उनको पक्षमा देखिएन । नेकपा एमालेका अध्यक्ष केपी ओली निकट मानिने मान बहादुर जिसिले  २४६ मत ल्याएर एमालेबाट पोखरा लेखनाथ महानगरपालिकामा मेयरको उमेद्वार बन्ने निश्चित भएको हो । 

ओली पक्ष मानिने जिसि अगाडी रहँदा अर्का एमाले नेता बामदेब पक्ष मानिने कृष्ण थापा २२१ मतका साथ दोस्रो भए । उनले मेयरमा उमेद्वार बन्ने अवस्था पार्टीभित्रबाट गुमाए  । अर्का नेता माधव नेपाल पक्ष मानिने श्रीनाथ बराल ११७ मतका साथ तेस्रो भए । 

उप मेयरमा भने प्रभा कोइराला २७५ मत ल्याएर एमालेबाट उपमेयरको उमेद्वार हुने निश्चित गरिन । उनीसँगै प्रतिष्पर्धामा रहेकी मन्जु गुरुङ २११ र देबका पाहारी १५६ मत ल्याएर उपमेयरको प्रतिष्पर्धाबाट बाहिर रहे ।  

मेयरमा उम्मेदवारी दिन कृष्ण थापा, धनराज आचार्य, मदन काजी श्रेष्ठ, भीम कुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, राजीव पहरी, नारायण प्रसाद बास्तोला, श्री नाथ बराल र होम बहादुर नेपालीले आकांक्षा देखाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ