arrow

आयोगमा दर्ता गर्न के गर्दैछ राजपा ?

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
rajapa_photo.jpg

काठमाडौं । ६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ । राजपाका नेताहरुले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनविद्हरुसँग परामर्श गरिरहेको पार्टीका नेताहरुले जानकारी दिए ।  

 

आयोगमा यसअघि नै राजपा नामको पार्टी दर्ता भइसकेको छ । त्यसैले आयोगमा नयाँ पार्टीका रुपमा राजपालाई दर्ता गराउन सो नाममा कुनै शब्द थप्ने तयारी भइरहेको पनि नेताहरुले जानकारी दिएका छन् ।

 

पार्टीको नामको अगाडि या पछाडि एउटा शब्द थप्ने तयारी भइरहेको छ राजपाका नेता मनीष सुमनले जानकारी दिए ।

(नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ