arrow

मधेसी मोर्चासँग शनिबार निर्णायक वार्ता : प्रकाशमान सिंह

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
prakash-man-sss.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मधेसी मोर्चासँग भएको वार्ता सकारात्मक भएको बताएका छन् । मिरमिरे युवा समाजले शनिबार बिहान सिनामङ्गलमा आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले निर्वाचनमा जान मधेसी मोर्चा सहमति नजिक आएको बताएका हुन् ।  सिंहले भने, “ शनिबार मधेसी मोर्चा र सरकारबीच निर्णायक वार्ता हुन्छ ।” 

नेता सिंहले काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनको मुख्य भूमिका काँग्रेसको रहेको भन्दै यसका लागि सबै दललाई मिलाउने र निर्वाचनमा लैजाने जिम्मा काँग्रेस भएको विचार व्यक्त गरे। 

नेता सिंहले पछिल्लो समय भएका छलफल र वार्ताले मुलुकमा चुनावी वातावरण बन्दै गएको भन्दै निर्धक्क भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ