arrow

दैलेख कारागारमा कैदिबीच झडप, ७ घाईते 

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७४ वैशाख ९ शनिबार
dailekh-kaidi.jpg

दैलेख । जिल्ला कारागार दैलेखमा शनिबार विहान १० वजे कैदिहरुबीच झडप हुदाँ सात जना घाईते भएका छन । झडपमा गम्भिर घाईते भएका  नारायण शाही र उपेन्द्र पुन लाई जिल्ला अस्पताल दैलेखमा उपचारको लागि लगिएको छ । 

अन्य ५ जना सामन्य घाईते रहेका छन । घाईते नारायण शाहीको टाउकोमा चोट लागेकोले अवस्था चिन्ताजनक रहेको छ । विहान खानेपानीको विषयलाई लगेर नारायण शाही र उपेन्द्र पुनबीच झगडा भएको र पछि उनीहरुको समुहबीच  कारागार भित्र सामुहिक झगडा हुदाँ धेरै जना घाईते भएको प्रहरी निरिक्षक योगेन्द्र खड्काले जानकारी गराए । 

८० जना पुरुष र २० जना महिला समित  एक सय जनाको क्षमता रहेको कारागार दैलेखमा  विभिन्न जिल्लाका कैदिहरु रहेका छन । हाल १५३ जना कैदिहरु रहेको जिल्ला कारागार  दैलेखमा ९ जना महिला कैदि र २ जना वच्चा रहेका छन । कारागारमा कैदिहरुको क्षमता भन्दा वढि कैदि रहेकोले पटक पटक यस्ता झगडाहरु हुने गरेको  छ । केहि महिना अगाडि पनी महिला कैदिहरु विच झगडा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ