arrow

एमालेले छान्यो पोखराका लागि प्रमुख र उप–प्रमुखको नाम 

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
Pokhara_Lekhnath_Mahanagarpalika.png

पोखरा । नेकपा एमाले पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीले महानगरको प्रमुख र उप–प्रमुख पदका लागि मतदान प्रकृयाबाट तीन - तीन जनाको नाम सिफारिस गरेको छ । 

गएराति १ बजेतिर सकिएको सो मतगणनापछि महानगरको प्रमुख पदमा पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य एवम् पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पोखरा उपमहानगरपालिकाका पूर्वप्रमुख तथा जिल्ला कमिटिका अध्यक्ष कृष्ण थापा र एमालेकी महिला नेतृ मित्रकुमारी गुरुङ सुवेदीलाई प्राप्त मतका आधारमा सिफारिस गरिएको हो । 

त्यस्तै नगर उपप्रमुख पदमा पार्टीका उप–सचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारीलाई पनि मतदान प्रक्रियाबाट सिफारिस गरिएको हो । सो मतदान प्रक्रियामा पार्टीका महानगर सङ्गठन कमिटीका ३९९ सदस्यले मतदान गरेका थिए । 

यसअघि महानगरको प्रमुखमा १० र उपप्रमुखमा आठ जनाले दाबी गरेका थिए । सिफारिसमा परेका दाबेदारलाई जिल्लाले प्रदेशमा र प्रदेशको सिफारिसमा स्थायी कमिटीले उम्मेदवार तोक्ने जिल्ला कमिटीका कार्यालय सचिव बैनबहादुर क्षेत्रीले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ