arrow

डिपीएल क्रिकेट फाईनल: आरिफ शेखको उत्कृष्ट ब्याटीङले धनगढीलाई उपाधि

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
DPL_Cricket_Final_AriF1.jpg

धनगढी। धनगढी प्रिमियर लिग (डिपीएल) टि-२० क्रिकेट प्रतियोगिताको उपाधि धनगढी टिम चौराहाले जितेको छ। फाईनलमा बिराटनगर किंग्सलाई पराजित गर्दै धनगढीले उपाधि हात पारेको हो। 

यो बिजयसँगै धनगढीले १५ लाखको धनरासी पुरस्कार बापत जितेको छ भने दोस्रो हुने बिराटनगरले ७ लाख रुपिया पुरस्कार प्राप्त गरेको छ। 

धनगढीका मध्यक्रमका ब्याट्सम्यानहरुको उत्कृष्ट ब्याटीङका मदतले १५९ रनको स्कोर बनाएको धनगढीलाई बिजय दिलाउन बलरहरुले कसिलो बलिङ गरेका थिए। 

सुशान भारीले ३ विेकट लिएका थिए। उनले ४ ओभरमा १ मेडेन राख्दै १८ रन खर्चेर उक्त विकेट लिएका थिए। त्यसैगरि सौरभ खनालले २ विकेट लिएका थिए। 

बिराटनगरका अमित श्रेष्ठले  २६ रन बनाएका थिए । त्यसैगरि प्रनित थापा मगरले २७ रन बनाएका थिए। 

 टस जितेर पहिले बयाटीङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १५९ रन बनाएको छ। 

आरिफ शेखको बिस्फोटक ब्याटीङले धनगढीले ठुलो स्कोर बनाएको हो। आरिफले ३० बल खेल्दै ४ छक्का र ४ चौकाो मदतले ५४ रन बनाएका थिए। उनले कप्तान पारस खड्कासँग ४४ रनको साझेदारी गरेका थिए। 

 त्यसैगरि आरिफले हमर राउटेलासँग ६४ रनको साझेदारी गरेका थिए। अमरले पनि बिष्फोटक ब्याटीङ गर्दै १५ बलमा ३१ रन बनाएका थिए। उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए। 

कमजोर शुरुवात गरेको धनगढीलाई कप्तान पारस खड्काले सम्हालेका थिए। उनले पृतू बास्कोटासँग ३३ रनको साझेदारी गरेका थिए भने आरिफ शेखसँग ४४ रनको साजेदारी गरेका थिए। पारसले २९ रनको ब्यक्तिगत स्कोर बनाएका थिए। 

बिराटनगरका शुसील कंडेलले २ विकेट लिएका थिए भने जितेन्द्र मुखिया र प्रकाश बिष्टले १-१ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ