arrow

ललितपुर महानगरको मेयर र उपमेयरमा एमालेका को कुन प्यानलबाट ?

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
Uml_lalitpur_metro.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरको लागि आसन्न स्थानीय तहको निर्वाचनका लागि व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनेहरुको चर्चा चल्न थालिसकेको छ । भर्खरै महानगरपालिकाको रुपमा विकास भएको ललितपुरको मेयर र उपमेयरमा कसले बाजी मार्ला भन्ने प्रश्न सुरु भएसँगै पहिलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा एमालेका उम्मेदवारहरुको नाम चर्चामा आउने गर्दछ । 

 

अहिले ललितपुर महानगरपालिकामा एमाले अध्यक्ष केपी ओली पक्षीय नेताहरुले मेयर तथा उपमेयरमा टिकट पाउने सम्भावना बलियो देखिएको छ । स्थानीय तहमा जनताले रुचाईएका व्यक्तिहरुको नाम पनि केपी ओली पक्षकै बढी रहेकोले एमालेमा ओली पक्षले मेयरमा टिकट पाउने सम्भावना बलियो रहेको एमाले निकट स्रोतले जानकारी दिएको छ । 

 

यसरी उम्मेदवारीको टिकट पाउने सम्भावना ओली पक्षीय हरिकृष्ण व्यञ्जनकार र ज्ञानेन्द्र शाक्य मध्ये एकको बढी रहेको देखिन्छ । यी बाहेक पनि अन्य तीन जनाले मेयरमा उठ्ने आकांक्षा देखाएका छन् । यसरी आकांक्षा देखाउनेहरुमा कपिल घिमिरे, प्रेम भक्त महर्जन र देवकी श्रेष्ठको नाम चर्चामा छ । तर, अन्त्यमा टिकट भने व्यञ्जनकार र शाक्य मध्ये एकले पाउने सम्भावना बढी देखिएको छ । 

 

उता, उपमेयरको लागि पनि ४ जनाको नाम चर्चामा छ । मेयरमा जस्तै ललितपुरको उपमेयरमा पनि एमालेमा ओली पक्षीय नेताहरुको चर्चा र सम्भावना बढी छ । जसमध्ये पनि जनवर्गीय संगठन युवा संघमा लामो समय महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसेकी सरस्वती खड्काको नाम चर्चामा छ ।

 

पार्टी अध्यक्ष केपी ओली पक्षीय व्यक्ति भएको र लामो समयसम्म जनवर्गीय संगठनमा काम गरेको अनुभवका कारण पनि खड्काको नाम अहिले बढी चर्चामा छ र उपमेयरको टिकट पनि उनले नै पाउने सम्भावना बलियो देखिन्छ । युवा संघ नेपालको केन्द्रीय सचिवालय समितिको सदस्य, राजधानी कमिटीको उपप्रमुख रहेकी खड्का ललितपुर जिल्ला कमिटिको सदस्य समेत छिन् । 

 

उनी बाहेक पनि अहिले रमा आचार्य, उषा बज्राचार्य र सुकुमाया तामाङको नाम चर्चामा रहेको छ । उनीहरु पनि आ आफ्नो स्थानमा पार्टीभित्र लोकप्रिय रहेको भएपनि नेतृत्व क्षमता र पार्टीप्रतिको लगावका कारण खड्काको सम्भावना बलियो रहेको ललितपुर एमालेका नेताहरुले बताउने गरेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ