arrow

विधान संशोधन गरेरै मधेसका माग सम्बोधन गरिनेःमहामन्त्री सिंह

logo
प्रकाशित २०७२ पुष १५ बुधबार
prakashman-singh.jpg.jpeg
चितवन। नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेरै मधेसका माग सम्बोधन हुने बताएका छन् । प्रेस युनियन चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले छिट्टै मधेसवादी दलसँग सहमति हुने विश्वास व्यक्त गरे ।
 
सीमाङ्कनको विषय टुङ्ग्याउन केही समय लाग्ने उनको भनाइ थियो । उनले भने “हामीले सरकार र मधेसवादी दलसँग छुट्टाछुट्टै र सँगै बसेर माग सम्बोधनका विषयमा गहनरुपमा छलफल गरिरहेका छौँ ।” एक फरक प्रसङ्गमा महामन्त्री सिंहले ठूलो पार्टी भएर पनि सरकार बाहिर रहेको अवस्थामा सरकारलाई सकारात्मक कुरामा कसरी सहयोग गर्ने भन्ने विषयमा पार्टी लागेको बताए । 
 
काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा लान सरकारलाई सहयोग गर्नु काँग्रेसको दायित्व हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ