arrow

कागबेनी दूर्घटना : गम्भीर घाइते १२ जनालाई पोखरा लगियो

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
mustang-accident1.jpg

काठमाडौ ।  मुक्तिनाथबाट जोमसोम फर्कीदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना गम्भीर घाइते भएका १२ जनालाई सेनाको हेलिकप्टर बाट पोखरा लगिएको छ । ३५ जना यात्रु सवार बस दुर्घटना हुदा ५ जनाले ज्यान गुमाएका छन । मृत्यु हुनेमा आमाटोल बागेस्वर ३ काठमाडौंकी ७० बर्षीया कान्छी खड्का, चाङगुनारायण ८ भत्तपुरकी सिता तिमलसीना, इमाडोल भत्तपुरकी ५५ बर्षीय लिला खड्का, काठमाडौं ३५ का ५५ बर्षीय भोला अधीकारी र काठमाडौं ३२ का ४५ बर्षीय  पुरुसोतम ढकाल  छन्।

मुस्ताङको मुक्तिनाथकबाट जोमसोमका लागि छुटेको ना. ५ ख ६०६७ नम्बरको बस कागबेनी भन्दा दुई किलोमिटर अगाडि दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३० जना  घाइते भएका छन् । दुर्घटना बारागाँउ मुक्ति क्षेत्र गाँउपालिकामा भएको हो ।

दुर्घटना बेक्र फेलहुदा भएको हुनसक्ने प्रहरीको अनुमान छ। । घटनाको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेको प्रहरीले जनाएको छ । 

बसमा ३५ जना सवार रहेको बताइएको छ । बाकी घाइतेको जिल्ला अस्पताल मुस्ताङमा उपचार हुदैछ । साथै दुर्घटनास्थलमा डोजरको सहायताले बस र शव उठाउने काम भइरहेको प्रहरीले जनाएको छ । मुक्तिनाथ दर्शनको सिजन भएकाले यतिबेला तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ